Posts

Showing posts from August, 2018

एक ‘अ’नागरिक नेपालीको कथा

Image
‘मर्नुअघि नेपाली हुन पाऊँ’ विकास रोकामगर उनी नेपाली होइनन् । नेपाल उनको पुख्र्यौली बासस्थान पनि होइन । तर, नेपालकै ५३ औं भदौरे झरीमा भिजे । यहींको बसन्त गुराँसे पाखामा ५३ औं पटक रमाए । यहींका चराचुरुंगीका आवाज सुनेरै जवानी बिताए । उनी नेपालकै पुतलीसँग परिचित रहे र उनैको किताब लेखे । ठाउँठाउँमा पुतली संग्रहालयसमेत खोल्न अहोरात्र खटिए । नेपाली राजनीति र शिक्षा क्षेत्रका मुर्धन्य व्यक्तिको सफलतामा खुड्किलो बनेर उभिए । लामो समय नेपालमा बसेपछि बाजेलाई यतैको हावा प्रिय लाग्यो । यतैको भाषा प्रिय लाग्यो । यतैको गाउँघर प्रिय लाग्यो र प्रिय लागे यतैका फूलफूलमा उडी हिड्ने पुतली । उनी बेलायती नागरिक हुन् । सेतो छाला । सेतै फुलेका कपाल र दाह्री । सेतै पाइन्ट तर कहींकतै च्याटिएको र टालिएको, मैलो जमेको । खैरो कुना भएको पारदर्शी चस्मा । कुना भएको पार निलो पुुरानो जस्तो देखिने टिसर्ट । शीरमा नेपाली ढाका टोपी । अंग्रेज लवजमा प्रष्ट नेपाली बोली । यही हो भेट हुँदाको उनको खास हुलिया । उनी अर्थात कोलिन स्मिथ (८२) ।  स्मिथलाई नेपालमा कमैले चिन्छन्, उनको यही नामबाट । उनक...

तनावमा काठमाडौंं

विकास रोकामगर खै किन हो ? अचेल बहुत तनावमा छ – काठमाडौं । शाषक बनेर बसेको उसको इतिहासमाथि दिनहुँ उठिरहन्छ प्रश्न वाचक चिन्ह निरुत्तर निरुत्तर अचेल बहुत तनावमा छ काठमाडौं । काठमाडौं सोच्छ कोही आओस् झुकोस् दोगोस् मेरो खुट्टामा । र म  टाउकोमा हात राखेर बडो शानले दिनसकूँ – आशिर्वाद  । सोच्छ म ईश्वर हुँ ईश्वर कोही आओस् र पूजोस् मलाई । वरदान मागोस् । आफ्नै सोचको गहु्रंगो भारले अचेल बहुत तनावमा छ काठमाडौं । काठमाडौंमा मन्दिरका टुँडाल र फेन्सीका डमी स्वयम् भाग्न चाहान्छन् – भीडभाड र कोलाहलदेखि । तछाँडमछाडको लामो म्याराथनदेखि । र सुस्ताउन चाहान्छन्  – कुनै एक्लो एकान्त कुनामा पसेर । निदाउन चाहान्छन् । यसरी पनि भीडैभीड कसरी एक्लो भएँ म? सोचिरहन्छ काठमाडौं । अचेल बहुत तनावमा छ काठमाडौं । काठमाडौंकै छेउँमा बसेर देशद्रोही बुन्छन् – देश सकाउने नयाँनयाँ योजना । सपना बोकेर सहर झरेका नयाँ बैंशको लुटिन्छन् खुलेआम इज्जत । बेलाबेला मच्चिरहन्छ – खैलाबैला काठमाडौंको खुम्चिएको आँगनमा । के गरौं कसो गरौं थुप्रिरहन्छ  विरोधी कोलाज आफ्नाहरुबाटै हो अ...

४ कविता

विकास रोकामगर १ एकदिन खुइलिनेछ –शाषकको झण्डा । उड्नेछ रंग हराउनेछ इतिहास बिलाउनेछ झण्डाको पनि सपना  । च्यातिदैच्यातिदै जाने छ छेउँकुना उध्रिदैउध्रिदै जानेछ – विश्ववासको धागो । शाषक उही खुइलिएको झण्डा समाएर लुकाउन खोज्ने छ आफ्नो लाज । ... शाषक पहिले आफै आविस्कार गर्छ झण्डा र पछि आफ्नै हर्कतले बलात्कार गर्छ । २ सत्ता र कुर्सी आदिम उस्तै रहनेछन् । उस्तै रहनेछ शाषक । शाषक भोको चिल बनेर उडिरहनेछ आकाशमा । ... र हामी देखिबसेका छौं – शान्ति खोज्ने नाउँमा ’परेवा’ बन्ने कमजोर सपना । ३ बिस्तारै बिस्तारै बल्ने छ आगो । सल्किदै सल्किदै जाने छ – खरको सत्तामा । सत्ता एकदिन खरानी हुनेछ । तर फेरिनेछैनन् शाषक – मात्रै फेरिरहनेछ मुखौटो  । ... त्यसक्षणपनि भ्रममै हुनेछौं  हामी – जयजयकार गरिरहनेछौं – मुखौटो फेरेर आएको नयाँ शाषकलाई । ४ सत्ताको खुट्टामा छ – हाम्रो आदिबासी मौलिकता । शाषकले लगाएको छ – गह्रौं बुट उसकै कुल्चाईबाट थिल्थिलो छ – हाम्रो पहिचान कतै गुमनामजस्तै छ – हाम्रो आवाज बोकेको भूम्हेः मारुनी र पैसारी चाल । कुनै खर्कमा गरिबी पा...

स प ना को सत्याग्रह । कविता

विकास राेकामगर माने सपना उल्टिन सक्छ जतिबेलापनि निदाउँदैमा मात्रै देखिन्दैन सपना । या ननिदाउँदैमा नआइपुग्दैन सपनाको सुन्दर चरा – आँखामा । लाशमाथि सुतेर आइपुग्छ – कुनै सपना । कुनै सपना दुखको पहाड बोकेर आउँछ – निद्राको समथर जमीनमा । आइपुग्छ कुनै सपना – डरलाग्दो अनुहारमा त्यहाँ राक्षस हुन्छ, सर्प हुन्छ, त्यहाँ आगो हुन्छ । सपना – माने कुनै रेल चढेर आउँदैन आँखामा चढ्दैन कुनै पानीजहाँज । चढ्दैन कुनै वायुपंखी घोडा । स... प... ना... चुपचाप आउँछ र जिस्काइबस्छ दैनिकीलाई । यतिबेला देशको समृद्द सपना – बसेको छ सत्याग्रह । थाहा छैन यो मोडमा कसरी निदाउँन सकेको होला यो सरकार – चुपचाप चुपचाप यसरी ? निदाएजस्तो गरेको यो सत्तामाथि ठूलो श्वरमा धावा बोल्दै छ – एउटा सत्य सत्यमाथि बिस्तारै बिस्तारै हुँदै छ – दमन ...... थाहा छैन याे समयले – कसको लेख्ला जीतको इतिहास ?

झण्डा

विकास राेकामगर बिस्तारै बिस्तारै खुइलिदै जाने छ – कपडाको रंग । कुरुप कुरुप हुनेछ – एकदिन । कुनै एक्लो बूढो मानिसजस्तो चिन्तित, भयभीत र थकित हुनेछ आदिम अनुहार । हलुङ्गो हुनेछ वजन । कमजोर हुने छ उचाई । हराइजाने छ सौन्दर्य एकएक गर्दै छेउँकुनाबाट – काट्दैकाट्दै जानेछ मुसाले कुनै छिमेकीले काटेजसरी देशको सीमाना । ध्वजाध्वजा बनेर उभिनेछ – देशको राष्ट्रियता । च्यातिदै च्यातिदै जानेछ तीनकुना खस्दैखस्दै जानेछ – रातो, निलो र सेतोको मौलिकता झण्डाको हाँगाबाट अटल, अडिक र निर्भीक चन्द्रसुर्यमा लाग्न सक्छ कुनै डरलाग्दो ग्रहण । कसलाई के थाहा ? युद्दकालमा ‘आमा’ बेपत्ता भएजसरी हाम्रै आदरबाट बेपत्ता हुन सक्छ – हाम्रै राष्ट्रिय झण्डा । कसलाई के थाहा ? बीच सडकमा लुटिएजसरी कुनै चेलीको अस्मिता लुटिन सक्छ – यो तीनकुने झण्डाको पहिचान । एउटा स्वर्णीम इतिहास । यद्यपि त्यसभन्दा अघि फ्याँक्नु छ – आफूभित्रको कुविचारको भण्डार स्वार्थको पत्यारलाग्दो सञ्जाल र मात्रै टाँस्नु छ बडो प्रेमले झण्डालाई मुटुमा – कि प्रिय ‘स्वाभिमानी झण्डा’ धड्कनसँगै फर्फराइरहनेछ ।

प्रेमचक्र

विकास राेकामगर लेखे बालुवामा जिन्दगीको नाम – सकिन मेट्न सकिन कसैगरी । लिएर जिन्दगीको नाम – बलौटे माटो गइपुग्नेछ कुनै सुन्दर समुन्द्रमा । र त्यहीको मैदानबाट बनेर बाफ आइपुग्नेछ फेरी यो सुदुर बस्ती कुनैदिन । फेरी बर्सनेछ प्रेमको झरी । फेरी चुहिनेछ – बलेंसीबाट सम्झनाको थोपा । लेखेथें बालुवामा – जिन्दगीको नाम सम्झेर तिम्रै अनुहारको छायाँ ।

पर्खाइ

विकास राेकामगर म बर्षौ‌बर्ष पछि पनि त्यहीं छु । कहीं कतै पनि गएको छैन–हिडेको पनि छैन । मेरा खुत्ताहरू त्यही चोकमा झुन्डिएकाछन् मेरा पाइलाहरू त्यही ओकालीमा रोकिएकाछन् । मेरो यात्रा त्यही अडिएको छ – जस्तो म बर्सौपछि पनि त्यहीं छु । कहीं कतै पनि गएको छैन – हिडेको पनि छैन । जहाँ पर्खिबस्नु भनेकी थियौ – तिमीले । त्यहीं छन् – जीवनका काला ओडारभित्र लुकाइबसेको छु सपनाहरूलाई । आँखामा पट्टी बाँधेर राखेको छु अराजक रहरहरूलाई । कहीं कतै पनि भाग्नु दिएको छैन – फकीर घुमिहिड्ने सोचहरू । विचारहरू । चाहनाहरू । जतासम्म पुग्छन् –जसरी पुग्छन् जम्मै देखाएको छु – तिमीसम्मै पुग्ने यादहरूको बाटो । म ठिक त्यहीं हुँदा मौसमहरू – मामाघर गए । माइत हिडे । र फेरी घर फर्किए । र पनि म त्यहीं छु । कहीं कतै गएको पनि छैन – हिडेको पनि छैन । जहाँ तिमीले पर्खिबस्नु भनेकी थियौ । तिमी संगै छुटेको त जीवन जस्तै केही चीज थिएछ । हो त्यही छु – जीवन जस्तो केही पर्खिबसेको छु ।

क्रान्ति

विकास राेकामगर थाहा छैन अब यसरी बगेको रगतले कसको लेखिएला स्वर्ण इतिहास ? हाम्रै पुर्खाको ईतिहासमा ताकिएको तरबार तेर्साईएथ्यो भाला – हाम्रै भाषाको गर्धनमा र हाम्रै पितृ पूजेको त्यस स्थानमा राखिएको थियो – रगतले लत्पतिएको महाराजको श्रीपेज । बाँधेर हाम्रो लिपीको आँखा हिडाईएथ्यो – फरक राष्ट्र भाषाको अन्कन्टार बाटोमा । लर्खराउदै पनि हिडेकै हो हामि – हिडेकै जो छौं । गाडेर हाम्रो प्रिय भूमीमा – अजंग पिल्लर खडा गरेकै हो तिमीले आफ्नो सम्राज्य । र घोकाइएकै हो – हाम्रा संस्कृतिमाथी तिम्रो डरलाग्दो भक्ति श्लोक । एक युगको अन्त्य पछि फेरी जब उदाउँदैछ – सभ्यताको नयाँ सूर्य – यो आकाशमा । त्यो पनि भन्दैछौ कि – प्रथम पटक उदाउनु पर्छ मेरै घरमाथि । मेरै निधारको टिका जस्तो हुनुपर्छ – आकार । यद्यपि अब चुपचाप हेरि बस्ने छैन – हाम्रो चिम्सो आँखा नबोल्ने छैन – हाम्रो जिब्रो । नउठ्ने छैन – विचार क्रान्तिको धारिलो तरबार । र नबग्ने छैन फेरी – विद्रोहको नयाँ आलो रगत यहाँ । सत्य थाहा छैन अब यसरी बगेको रगतले कसको लेखिएला स्वर्ण इतिहास ?

वेपत्ता छोराको सम्झनामा एक घर – आमा

विकास रोकामगर बाबु ! म त्यही थोत्रो घर हुँ जो मक्किएको छ । उत्रिएको छ भित्ताका रंगिन रंगहरू जसमा कोरिदिएका थियौ तिमीले – आशाका केही रहरलाग्दा चित्रहरू तर उभिएको छ अहिले उजाड चाउरिएको अनुहारमा । जो चुहिरहन्छ –प्रत्येक दिन बाबु ! यो घर चुहिन आकाश बर्सनु पर्दैन । गर्जनु पर्दैन । किनभने म त्यही थोत्रो घर हुँ – जसरी पनि चुहिन्छु – छानो बिना याद छ ? तिमी घस्रेको आँगन यहीं छ – यो काख यहीं छ । जसमा फैलिएको छ हरियो दुबो । अब त यहाँ सर्पको डर हुन्छ – बिच्छीको डर हुन्छ । तिमिले ताते हिडेको बाटो पनि यहीँ छ । र यहीं छन् तिम्रा जवानी पैतलाका छापहरू । यहींको अध्याँरो एउटा कुनामा अझै त्यहीं छ चुलो – त्यहीं छ भान्सा । जहाँ मैले दिनहुँ पस्कन्थे तिमीलाई ढिंडो यहि त हो त्यही ठाउँ – जहाँ तिमीलाई अन्तिम पटक पस्केको थिएँ खाना र अन्तिम पटक नखाएर उठी गएका थियौ – तिमी । अब त खाऊ बाबू – म फकाउँला – त्यो दिन पनि आएन । कहिले आएन – तिमी त क्रान्तिमा हिडेको  मेरो महान छोरा । तिम्रो बचपन चिनेको आरूको रूख पोहोर गलर््याम्म ढलेको छ असारमा रूखका हाँगाहरूले पनि बिर्सिए जस्तो छ – तिमीलाई ...

कमिलाको राज्य र मान्छे

विकास राेकामगर केही यस्तो हुन सक्छ  कुनै दिन कुनै प्रिय मान्छे सोंच्न थाल्नेछ कुनै नयाँ उपाय र जान खोज्नेछ – कमिलाको दरबारमा  पर्यटक जस्तो भएर भएर । त्यहाँ भेटिनेछन् – ससाना बच्चा कमिला – खेल्दै गरेका गोबरको फुटबल वयस्क कमिला – जाँदै गरेका चिनीको देशमा चुहाउन आफ्नो श्रमको पसिना । त्यहाँ भेटिन्छन् एकथरी कमिला बनाइरहेका आफ्नै दुनियाँको ‘ह्वाइट हाउस’ दरबार – सोहोरेर दुखको कणकण माटो । बुद्धिमान कुनै मान्छे जान खोज्नेछ – कमिलाको दरबारमा पर्यटक जस्तो भएर । मान्छे साँच्चै जानेछ एकदिन  – कमिलाको देशमा – गह्रौं बुट लगाएर । मान्छे साँच्चै जानेछ एकदिन टेक्दैकुल्चदै कमिलाको सुखी राज्यलाई । अझै बाँकी छन् बाँकी सम्भावनाका बाटाहरु । तत्पश्चात तहसनहस हुनेछ  – एउटा सिंगो संसार यत्रतत्र हुनेछन कमिलाहरु । लड्नेछन् – आफैआफैमा र आदिम परिचित शत्रु जस्तो । मान्छे उभिनेछ – एक कुनामा हेर्नेछ – कमिलाको युद्ध – दर्शक भएर । लिईबस्नेछ – आनन्दको लामो सुस्केरा । बिस्तारै सकिदै सकिदै जानेछन् कमिलाहरु लाशलाश मात्र बाँकी हुनेछ – कमिलाहरुको । ... अहिले ठिक यस्तै हुँद...

कानुन

विकास रोका मगर उहिले भर्खर बाँधिएको थियो – कानुनको आँखा । जे सुन्थ्यो – ठीक सुन्थ्यो र ठीक ठीक बोल्थ्यो । आज बर्षौं पछि पनि – बन्द नै छ कानुनको आँखा । उज्यालो बिहिन आँखाबाट – हराइगएछ ज्योती । तर खुल्ला भएछ नाक – मज्जाले सुंघ्न थालेकोछ – पैसाको सुगन्ध ।