४ कविता

विकास रोकामगर


एकदिन
खुइलिनेछ –शाषकको झण्डा ।

उड्नेछ रंग
हराउनेछ इतिहास
बिलाउनेछ झण्डाको पनि सपना  ।

च्यातिदैच्यातिदै जाने छ छेउँकुना
उध्रिदैउध्रिदै जानेछ – विश्ववासको धागो ।
शाषक उही खुइलिएको झण्डा समाएर
लुकाउन खोज्ने छ आफ्नो लाज ।
...
शाषक
पहिले आफै आविस्कार गर्छ झण्डा
र पछि आफ्नै हर्कतले बलात्कार गर्छ ।


सत्ता र कुर्सी आदिम उस्तै रहनेछन् ।
उस्तै रहनेछ शाषक ।

शाषक
भोको चिल बनेर
उडिरहनेछ आकाशमा ।
...
र हामी
देखिबसेका छौं – शान्ति खोज्ने नाउँमा
’परेवा’ बन्ने कमजोर सपना ।


बिस्तारै बिस्तारै बल्ने छ आगो ।
सल्किदै सल्किदै जाने छ –
खरको सत्तामा ।

सत्ता एकदिन खरानी हुनेछ ।

तर फेरिनेछैनन् शाषक –
मात्रै फेरिरहनेछ मुखौटो  ।
...
त्यसक्षणपनि
भ्रममै हुनेछौं  हामी – जयजयकार गरिरहनेछौं –
मुखौटो फेरेर आएको नयाँ शाषकलाई ।


सत्ताको खुट्टामा छ –
हाम्रो आदिबासी मौलिकता ।

शाषकले लगाएको छ – गह्रौं बुट
उसकै कुल्चाईबाट थिल्थिलो छ – हाम्रो पहिचान
कतै गुमनामजस्तै छ –
हाम्रो आवाज बोकेको भूम्हेः मारुनी र पैसारी चाल ।

कुनै खर्कमा
गरिबी पालेर बसेको छ – हाम्रो मौलिकता ।
चराइरहेको छ मुर्ख लोम्बाका भेडा बथान ।

हाम्रै
पूख्र्यौली लवज वर्जित छ – यो सत्ताको कठघरामा ।
एकलौंटी शक्तिको आज गर्छ हाम्रो सपनामाथि ।

सत्ताको खुट्टामा छ –
हाम्रो आदिबासी अनुहार ।

यद्यपि काँडा पो हौं की हामी ?
यसर्थमा अझै भुत्तिएको छैन – हाम्रो धार ।
तर, त्योभन्दा अघि
शाषकको गह्रौं बुटलाई चिरेर
यो देशमा एउटा विद्रोह सुरुवात गुर्नछ ।

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल