आँखा र आँखा हस्पिटल

                                  आँखा र आँखा हस्पिटल


@ विकाश


हिमालय आखा हस्पिटल ।
खुल्नु पर्ने ८:४५ तर म आईपुगेको छु - ८:१५ मै । अब समस्या छ पर्खिनु संग । संसारमा केही कुरा गार्हो छ भने त्यो हो पर्खिनु संग  । समय जो लगाम बिनाको छ । हिडेपछि हिड्यो हिड्यो । समय नपर्खि हिड्छ । पर्खेर बसी सुकिजाने त हामि हो हामि ।

मेरो पालो बिस नम्बरमा ।
कुपन लिएर भाञ्जी अलिक पर बस्नु भएको छ । म पर्खिरहेको छु - लाईनबद्ध उभिएर ।  हातमा स्मार्टफोन नाच्दैछ ।
छेउमा ७०/७१को देखिने बुढी आमा हुनुहुन्छ । सायद म मोबाईलमा झुण्डिएको देखेर 'झ्याउ' (पोखरेली भाषामा अल्छि लाग्नुको थेट शब्द) लागेछ क्यारे फ्याट्ट भन्नु भो

- कति मोबेल खेलेको नानी? अचेलका नानीहरू मोबेल खेलेरै आखो बिगार्चन्
जवाफमा म हास्छु मात्रै । केही नबोलेर सोंच्छु "प्रविधीले दास बनाएछ हामिलाई । न भाग्न सक्यौं न राम्रैसंग अंगाल्न नै । अर्कैको भैसकेकी पुरानो प्रेमिका जस्तो भैदियो प्रविधी पनि । बिर्सन नसकिने । टाढा पनि हुन नसकिने ।"
आमाको कुरा हो जस्तो लाग्यो ।



               चस्मा संग डर लाग्यो । चस्माले पढन्दासको ट्याग भिराउथ्यो साथिसंगीको बीचमा । चाराँखे । डब्बल ब्याट्री उपनाम संग मलाई रुची थिएन ।  साथिहरुको घेराउ भित्र मलाई 'बिकास' नै रहनु थियो ।  रहिरहनु थियो ।
हाय ! कति बेला आउँछ यो पालो ? अस्पतालमा पनि आरक्षण रहेछ । १५ बर्ष भन्दा मुनि र ७० भन्दा माथि । 

आलो पालोमा अझै समय लाग्छ । म भाञ्जीलाई त्यतै छोडेर निस्कन्छु लाईनबाट ।  मन चंगा भो । कम्तिमा सरकारले कुफन सिस्टम गराएर एकदम ठिक गरेछ । लाईन नबसेर घुम्न पाईने । पालो पनि समय मै आउने ।
एक्लै बगैंचा तिर टहलिन पुगें । पारिलो घाम । आँखामा सुन्दर सुन्दर दृश्य ।

चारैतिर सिसिटिभी क्यामेरा । "keep smiling - CCTV Camera is watching you."

   *******

चस्मा त मैलाई उहिल्यै हो डाक्टर साहेबले भनेको तर लगाईएन । चस्मा संग डर लाग्यो । चस्माले पढन्दासको ट्याग भिराउथ्यो साथिसंगीको बीचमा । चाराँखे । डब्बल ब्याट्री उपनाम संग मलाई रुची थिएन ।  साथिहरुको घेराउ भित्र मलाई 'बिकास' नै रहनु थियो ।  रहिरहनु थियो ।
यसर्थ चस्मा लगाईएन  - पब्लिकमा । लुकीलुकी लगाईयो ।  त्यसैको पाप हो आज फेरी आँखामा समस्या देखा पर्यो । हस्पिटल आउनु पर्यो ।

             *****

कुपन पालो आयो । नाम दर्ता गरें जम्माजम्मी रु ३० खर्च गरेर ।  म ढुक्क थिएँ ।  यसर्थमा कि अब पालो आउने छ ।  नकुर्नु पर्नेछ । न पर्खिनु पर्ने छ ।
तर म गलत थिएछु । पालो अझै लम्बेतान हुने देखियो । अघि घाम ताप्न हिडेको मन आगोमा परे जस्तै भो ।  घाम पनि थाप्लो मै आएर चल्न बिर्सिए जस्तो ।  एक्कासी गर्मी सुरु भो ।  शरिर तातो भयो ।
(यस्तै हुन्छ मलाई रिस उठ्दा - रिस पर्खाई संग थियो )

पेट छामे ।  २४ घण्टाको अन्तरालमा एकछाक खाना र केही दाना बदाम मात्र खाएको छु । नलाग्ने भोक एक्कासी लागेर आयो ।  बगैंचाबाट उठें र क्यान्टिन लागें । पर पुगेर भाञ्जीलाई पनि सम्झिएँ ।  बोलाएँ ।
पालो अझै आएन । अहिले त साँच्चै गर्मी सुरु हुन लाग्यो ।

जम्मा जम्मी काम लगभग १२ बजे सकियो । अब भोक पनि थिएन - यो नाथे पेटमा । भोक भोकाएरै गयो । हरायो । अब साँझ सम्म फर्किदैन ।  यस्तै केही कुरा मनमा खेल्यो ।
घर पनि के जानु ? बरु  घुम्न हिडौं कतै - मनले सोच्यो ।झोलामा लेखक तथा अनुवादक यज्ञस द्वारा लिखित भुइयाँ थियो । आधाउधी हस्पिटलकै लाईनमा बस्दा पढेको थिएँ । आधा भाग बाँकी रह्यो ।
अब कतै गएर यही आधा पढ्ने यही बिचार पलायो ।

                                              *****
     कहिलेकाही ससाना कुरा मनमा आउदा पनि धेरैधेरै खुशी लागेर आउँछ ।आज पनि त्यस्ते भईदियो । यो किताब र कविता नभईदिएको भए म के हुँदो हुँ ? मनमा प्रश्न खेलिबस्छ  । 


धन्यवाद मेरो चकचकलाई पढेर टाईम पास गर्नु भो  । मैले चाहेको पनि हजुरकै एक समय , एक नजर यतातिर तान्नु थियो । hahahahahahahahahahahahah
                          
                                                  चियर्स जिन्दगी
क्रमशः...........


Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !