पर्खाइ

विकास राेकामगर

म बर्षौ‌बर्ष पछि पनि त्यहीं छु ।
कहीं कतै पनि गएको छैन–हिडेको पनि छैन ।

मेरा खुत्ताहरू त्यही चोकमा झुन्डिएकाछन्
मेरा पाइलाहरू त्यही ओकालीमा रोकिएकाछन् ।
मेरो यात्रा त्यही अडिएको छ –
जस्तो
म बर्सौपछि पनि त्यहीं छु ।
कहीं कतै पनि गएको छैन – हिडेको पनि छैन ।

जहाँ पर्खिबस्नु भनेकी थियौ – तिमीले ।

त्यहीं छन् –
जीवनका काला ओडारभित्र लुकाइबसेको छु सपनाहरूलाई ।
आँखामा पट्टी बाँधेर राखेको छु अराजक रहरहरूलाई ।
कहीं कतै पनि भाग्नु दिएको छैन –
फकीर घुमिहिड्ने सोचहरू । विचारहरू । चाहनाहरू ।

जतासम्म पुग्छन् –जसरी पुग्छन्
जम्मै देखाएको छु – तिमीसम्मै पुग्ने यादहरूको बाटो ।

म ठिक त्यहीं हुँदा
मौसमहरू – मामाघर गए । माइत हिडे ।
र फेरी घर फर्किए ।

र पनि म त्यहीं छु ।
कहीं कतै गएको पनि छैन – हिडेको पनि छैन ।
जहाँ तिमीले पर्खिबस्नु भनेकी थियौ ।

तिमी संगै छुटेको त जीवन जस्तै केही चीज थिएछ ।
हो त्यही छु –
जीवन जस्तो केही पर्खिबसेको छु ।

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल