प्रेमचक्र

विकास राेकामगर

लेखे बालुवामा जिन्दगीको नाम –
सकिन मेट्न सकिन कसैगरी ।

लिएर जिन्दगीको नाम – बलौटे माटो
गइपुग्नेछ कुनै सुन्दर समुन्द्रमा ।
र त्यहीको मैदानबाट बनेर बाफ
आइपुग्नेछ फेरी यो सुदुर बस्ती कुनैदिन ।

फेरी बर्सनेछ प्रेमको झरी ।
फेरी चुहिनेछ – बलेंसीबाट सम्झनाको थोपा ।

लेखेथें बालुवामा – जिन्दगीको नाम
सम्झेर तिम्रै अनुहारको छायाँ ।

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल