कानुन


विकास रोका मगर

उहिले भर्खर बाँधिएको थियो – कानुनको आँखा ।

जे सुन्थ्यो – ठीक सुन्थ्यो
र ठीक ठीक बोल्थ्यो ।

आज बर्षौं पछि पनि –
बन्द नै छ कानुनको आँखा ।
उज्यालो बिहिन आँखाबाट – हराइगएछ ज्योती ।

तर खुल्ला भएछ नाक –
मज्जाले सुंघ्न थालेकोछ – पैसाको सुगन्ध ।

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल