कमिलाको राज्य र मान्छे

विकास राेकामगर

केही यस्तो हुन सक्छ  कुनै दिन
कुनै प्रिय मान्छे
सोंच्न थाल्नेछ कुनै नयाँ उपाय
र जान खोज्नेछ – कमिलाको दरबारमा  पर्यटक जस्तो भएर भएर ।

त्यहाँ भेटिनेछन् –
ससाना बच्चा कमिला – खेल्दै गरेका गोबरको फुटबल
वयस्क कमिला –
जाँदै गरेका चिनीको देशमा चुहाउन आफ्नो श्रमको पसिना ।
त्यहाँ भेटिन्छन् एकथरी कमिला
बनाइरहेका आफ्नै दुनियाँको ‘ह्वाइट हाउस’ दरबार –
सोहोरेर दुखको कणकण माटो ।

बुद्धिमान कुनै मान्छे
जान खोज्नेछ – कमिलाको दरबारमा पर्यटक जस्तो भएर ।

मान्छे साँच्चै जानेछ एकदिन  –
कमिलाको देशमा – गह्रौं बुट लगाएर ।
मान्छे साँच्चै जानेछ एकदिन
टेक्दैकुल्चदै कमिलाको सुखी राज्यलाई ।
अझै बाँकी छन् बाँकी सम्भावनाका बाटाहरु ।

तत्पश्चात तहसनहस हुनेछ  – एउटा सिंगो संसार
यत्रतत्र हुनेछन कमिलाहरु ।
लड्नेछन् – आफैआफैमा र आदिम परिचित शत्रु जस्तो ।

मान्छे उभिनेछ – एक कुनामा
हेर्नेछ – कमिलाको युद्ध – दर्शक भएर ।
लिईबस्नेछ – आनन्दको लामो सुस्केरा ।

बिस्तारै सकिदै सकिदै जानेछन् कमिलाहरु
लाशलाश मात्र बाँकी हुनेछ – कमिलाहरुको ।
...
अहिले ठिक यस्तै हुँदैछ
मान्छे भएर उभिएको छ हाम्रै कूविचार हाम्रो अघि
र हामी भइबसेका छौं  – सानोसानो कमिला जस्तो ।

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल