तनावमा काठमाडौंं
विकास रोकामगर
खै किन हो ?
अचेल
बहुत तनावमा छ – काठमाडौं ।
शाषक बनेर बसेको उसको इतिहासमाथि
दिनहुँ उठिरहन्छ प्रश्न वाचक चिन्ह
निरुत्तर निरुत्तर
अचेल बहुत तनावमा छ काठमाडौं ।
काठमाडौं सोच्छ कोही आओस् झुकोस्
दोगोस् मेरो खुट्टामा ।
र म टाउकोमा हात राखेर बडो शानले दिनसकूँ –
आशिर्वाद ।
सोच्छ म ईश्वर हुँ ईश्वर
कोही आओस् र पूजोस् मलाई ।
वरदान मागोस् ।
आफ्नै सोचको गहु्रंगो भारले
अचेल बहुत तनावमा छ काठमाडौं ।
काठमाडौंमा
मन्दिरका टुँडाल र फेन्सीका डमी स्वयम्
भाग्न चाहान्छन् – भीडभाड र कोलाहलदेखि ।
तछाँडमछाडको लामो म्याराथनदेखि ।
र सुस्ताउन चाहान्छन् –
कुनै एक्लो एकान्त कुनामा पसेर ।
निदाउन चाहान्छन् ।
यसरी पनि भीडैभीड कसरी एक्लो भएँ म?
सोचिरहन्छ काठमाडौं ।
अचेल बहुत तनावमा छ काठमाडौं ।
काठमाडौंकै छेउँमा बसेर
देशद्रोही बुन्छन् – देश सकाउने नयाँनयाँ योजना ।
सपना बोकेर सहर झरेका नयाँ बैंशको
लुटिन्छन् खुलेआम इज्जत ।
बेलाबेला मच्चिरहन्छ – खैलाबैला
काठमाडौंको खुम्चिएको आँगनमा ।
के गरौं कसो गरौं
थुप्रिरहन्छ विरोधी कोलाज आफ्नाहरुबाटै
हो अचेल
बहुत तनावमा छ काठमाडौं
कतिपटक रोयो होला काठमाडौं –
कुना पसेर एक्लै ?
थाहा छैन उसैलाई ।
यद्यपि स्वयम् देश हो काठमाडौं
यही भ्रममा बाँचिआएको – सदियौंदेखि ।
कुनै दुखले ÷ कुनै पीरले ÷ कुनै पीडाले रोयो कि –
प्रश्न उठ्छ – उसको पौरखमाथि । उसको विजयी गाथामाथि ।
यसरी पनि
अचेल बहुत तनावमा छ काठमाडौं ।
बेलाबेला
आफ्नै अनुहार देख्छ सपनामा र तर्सिन्छ काठमाडौं ।
आफैले बोकेको तनावको गह्रौं भारीले
थिच्छ काठमाडौंको पिठ्यूँलाई ।
आफैले आफैलाई नजित्ने बाटो देखेपछि
कसो कसो अचेल बहुत तनावमा छ काठमाडौं ।
खै किन हो ?
अचेल
बहुत तनावमा छ – काठमाडौं ।
शाषक बनेर बसेको उसको इतिहासमाथि
दिनहुँ उठिरहन्छ प्रश्न वाचक चिन्ह
निरुत्तर निरुत्तर
अचेल बहुत तनावमा छ काठमाडौं ।
काठमाडौं सोच्छ कोही आओस् झुकोस्
दोगोस् मेरो खुट्टामा ।
र म टाउकोमा हात राखेर बडो शानले दिनसकूँ –
आशिर्वाद ।
सोच्छ म ईश्वर हुँ ईश्वर
कोही आओस् र पूजोस् मलाई ।
वरदान मागोस् ।
आफ्नै सोचको गहु्रंगो भारले
अचेल बहुत तनावमा छ काठमाडौं ।
काठमाडौंमा
मन्दिरका टुँडाल र फेन्सीका डमी स्वयम्
भाग्न चाहान्छन् – भीडभाड र कोलाहलदेखि ।
तछाँडमछाडको लामो म्याराथनदेखि ।
र सुस्ताउन चाहान्छन् –
कुनै एक्लो एकान्त कुनामा पसेर ।
निदाउन चाहान्छन् ।
यसरी पनि भीडैभीड कसरी एक्लो भएँ म?
सोचिरहन्छ काठमाडौं ।
अचेल बहुत तनावमा छ काठमाडौं ।
काठमाडौंकै छेउँमा बसेर
देशद्रोही बुन्छन् – देश सकाउने नयाँनयाँ योजना ।
सपना बोकेर सहर झरेका नयाँ बैंशको
लुटिन्छन् खुलेआम इज्जत ।
बेलाबेला मच्चिरहन्छ – खैलाबैला
काठमाडौंको खुम्चिएको आँगनमा ।
के गरौं कसो गरौं
थुप्रिरहन्छ विरोधी कोलाज आफ्नाहरुबाटै
हो अचेल
बहुत तनावमा छ काठमाडौं
कतिपटक रोयो होला काठमाडौं –
कुना पसेर एक्लै ?
थाहा छैन उसैलाई ।
यद्यपि स्वयम् देश हो काठमाडौं
यही भ्रममा बाँचिआएको – सदियौंदेखि ।
कुनै दुखले ÷ कुनै पीरले ÷ कुनै पीडाले रोयो कि –
प्रश्न उठ्छ – उसको पौरखमाथि । उसको विजयी गाथामाथि ।
यसरी पनि
अचेल बहुत तनावमा छ काठमाडौं ।
बेलाबेला
आफ्नै अनुहार देख्छ सपनामा र तर्सिन्छ काठमाडौं ।
आफैले बोकेको तनावको गह्रौं भारीले
थिच्छ काठमाडौंको पिठ्यूँलाई ।
आफैले आफैलाई नजित्ने बाटो देखेपछि
कसो कसो अचेल बहुत तनावमा छ काठमाडौं ।
Comments
Post a Comment