स प ना को सत्याग्रह । कविता
विकास राेकामगर
माने सपना उल्टिन सक्छ जतिबेलापनि
निदाउँदैमा मात्रै देखिन्दैन सपना ।
या ननिदाउँदैमा
नआइपुग्दैन सपनाको सुन्दर चरा – आँखामा ।
लाशमाथि सुतेर आइपुग्छ – कुनै सपना ।
कुनै सपना दुखको पहाड बोकेर आउँछ –
निद्राको समथर जमीनमा ।
आइपुग्छ कुनै सपना – डरलाग्दो अनुहारमा
त्यहाँ राक्षस हुन्छ, सर्प हुन्छ, त्यहाँ आगो हुन्छ ।
सपना – माने कुनै रेल चढेर आउँदैन आँखामा
चढ्दैन कुनै पानीजहाँज ।
चढ्दैन कुनै वायुपंखी घोडा ।
स... प... ना...
चुपचाप आउँछ र जिस्काइबस्छ दैनिकीलाई ।
यतिबेला देशको समृद्द सपना – बसेको छ सत्याग्रह ।
थाहा छैन यो मोडमा
कसरी निदाउँन सकेको होला यो सरकार –
चुपचाप चुपचाप यसरी ?
निदाएजस्तो गरेको यो सत्तामाथि
ठूलो श्वरमा धावा बोल्दै छ – एउटा सत्य
सत्यमाथि बिस्तारै बिस्तारै हुँदै छ – दमन
......
थाहा छैन
याे समयले – कसको लेख्ला जीतको इतिहास ?
माने सपना उल्टिन सक्छ जतिबेलापनि
निदाउँदैमा मात्रै देखिन्दैन सपना ।
या ननिदाउँदैमा
नआइपुग्दैन सपनाको सुन्दर चरा – आँखामा ।
लाशमाथि सुतेर आइपुग्छ – कुनै सपना ।
कुनै सपना दुखको पहाड बोकेर आउँछ –
निद्राको समथर जमीनमा ।
आइपुग्छ कुनै सपना – डरलाग्दो अनुहारमा
त्यहाँ राक्षस हुन्छ, सर्प हुन्छ, त्यहाँ आगो हुन्छ ।
सपना – माने कुनै रेल चढेर आउँदैन आँखामा
चढ्दैन कुनै पानीजहाँज ।
चढ्दैन कुनै वायुपंखी घोडा ।
स... प... ना...
चुपचाप आउँछ र जिस्काइबस्छ दैनिकीलाई ।
यतिबेला देशको समृद्द सपना – बसेको छ सत्याग्रह ।
थाहा छैन यो मोडमा
कसरी निदाउँन सकेको होला यो सरकार –
चुपचाप चुपचाप यसरी ?
निदाएजस्तो गरेको यो सत्तामाथि
ठूलो श्वरमा धावा बोल्दै छ – एउटा सत्य
सत्यमाथि बिस्तारै बिस्तारै हुँदै छ – दमन
......
थाहा छैन
याे समयले – कसको लेख्ला जीतको इतिहास ?
Comments
Post a Comment