Posts

Showing posts from July, 2019

लालची जनप्रतिनिधि !

Image
फाेटाे/  https://steemit.com/investing/@thecryptochannel/will-you-be-a-millionaire-if-you-are-greedy विकास रोकामगर । पोखरा ‘राजा त फेरि आउँछ होला है जेठान !’ एक साँझ खाना खाँदाखाँदै ज्वाइँले फ्याट्ट सोधेका थिए मलाई । गीतसंगीतमा रुचि थियो उनको । पढ्नु भनेपछि दश हात पर भाग्ने । तर गितार समाएर गुन्गुनाउन आधा रातसम्म पनि नथाक्ने । समसामायिक विषय या मुद्दा या अन्य कुरा खासै थाहा नभएको वा रुचि नभएको जस्तो व्यवहार गरिरहन्थे । तर त्यो साँझ बेप्रसंग राजा ‘आउँछ कि नाइँ’ होइन, ‘आउँछै नै’ जसरी कुरा राखे मलाई । उनलाई एउटा भ्रम थियो, ‘जेठान मिडियामा हुनुहुन्छ । उहाँलाई जम्मै थाहा छ ।’ त्यस दिन मैले बडो अच्चमित पारामा भनेको थिएँ, ‘राजा हटाउन तेत्रा मान्छे मरे । अहिले देश संघीयतामा गइसक्यो । राजतन्त्र मरिसक्यो । मरिसकेको फिरी जिउँदो हुन्च ? कसले भन्यो नचाइने कुरा दुक्क हुनुस् क्यै गरी आउँदैन ?’ ‘युट्युबमा त त्यै भन्छ त अनि । युट्युबभभरि त्यै राजा फिरी आउँछ भन्ने कुरामात्रै छ ।’ ज्वाइँको साना होइनन् । उचाइले सँगसँगै हौं । तर उमेरले म केही जेठो र उनको मामाको छोरो भएकालेमात्रै मैले ज...

जसले पोखरामा क्यानोनिङ भित्र्याए....

Image
विकास रोकामगर÷युनिश गुरुङ (अनलाइनखबरमा प्रकाशित) पछिल्लो समय पोखराको तापक्रम केही बढेको छ । रापिलो घामको खासै अभ्यस्त नभइसकेका पोखरेलीलाई हम्मेहम्मे परेको छ । त्यही चर्को गर्मी छल्न कोही स्विमिङ पुल धाइरहेका छन्, कोही तालतलैया र वनजंगलका छहारी खोज्दै हिँडिरहेका छन् । कोही पहाड, पर्वत उक्लिरहेका छन् । साहसिक खेलमा रुचि राख्ने र चर्को गर्मी छल्न पोखरादेखि नजिकको ठाउँ खोजिरहेकालाई भने ‘क्यानोनिङ’ एउटा राम्रो गन्तव्य हुन सक्छ । माछापुच्छ«े गाउँपालिका ९ घलेलमा रहेको पोखरा क्यानोनिङमा गएर साहस र आँट देखाउनेको संख्या यतिबेला बढेका छन् । २०७० सालमा स्थापना भएको उक्त क्यानोनिङमा अहिलेसम्म हजारौंले मजा लुटिसकेको सञ्चालक राम गुरुङ बताउँछन् । कास्कीमै पहिलो पटक साहसिक खेल क्यानोनिङ भिœयाएका गुरुङको पृष्ठभूमि भने फरक छ । कहिल्यै क्यानोनिङ नदेखेका उनको पोखराका तालमा ‘वाटर पार्क’ बनाउने सपना थियो । सन् ०१२ मा लन्डन घुम्न गएकाबेला वाटर पार्क देखेछन् । पोखराका तालमा पनि यो खोल्न सकिन्छ है भन्ने उनलाई लागेछ । ‘लन्डनमा वाटर पार्क ११ वटा थियो । त्यहाँ ६ महिना चले र ६ महिना नचल्ने रहेछ,’ गुरु...

कोही त छ माया गर्ने, साथ दिने....

Image
Photo: Dhurba Kc विकास रोकामगर २२ बैशाख, पोखरा (अनलाइनखबर र पोखरेली न्युजमा प्रकाशित) मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्नेदिन । आँगनमा एउटी महिला छिन् । उनको काखमा एउटा सानो बच्चा देखिन्छ । ती आमा बच्चालाई शरीरभरि तेल लगाइदिन्छिन् । बच्चा रुन्छ । फकाउँदै फकाउँदै स्तनपान गराउँछिन् । शनिबार मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन  पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममा देखिएको दृश्य हो यो । त्यहाँको होहल्ला र भीडभन्दा केही पर बसेकी उनी चुपचाप थिइन् । उनलाई कुनै कुराको मतलब थिएन । वास्ता थिएन । थियो त केवल आफ्नै सन्तान स्याहार्नुमा । पछि थाहा भयो उनको त्यो सन्तान बलात्कारपछि जन्मिएको रहेछ । आश्रमले केही समय अघि उनलाई सडकबाट उठाएर त्यहाँ ल्याएको रहेछ । ती महिलाले सन्तान पनि त्यही आश्रममै जन्माएकी रहेछिन् । उनले बच्चा जन्माएको पनि केही महिनामात्रै भएको रहेछ । ००० आश्रम छिर्ने गेट छेउको शीतल छायाँ भागमा बसेर एउटी बूढी आमा अर्को आमासँग बात मार्दै थिइन् । ‘आज त आमाको मुख हेर्ने दिन हो रे नि ! मेरो त छोरो आउँछ होला,’ भन्दै थिइन् । ती आमाको कुरा सुनिरहेकी अर्की आमाक...

‘मीरा राई’जस्तै बन्ने सपना छ

Image
विकास रोकामगर ३० जेठ, पोखरा समाधान दैनिक र अनलाइनखबरमा प्रकाशित रहर क्षणिक हुन्छ । आउँछ, जान्छ । तर त्यही रहर जब शौख र सपनामा परिवर्तन हुन्छ । तब त्यसले कसरी जिन्दगीमा अमिट छाप बनाउँछ भन्ने कुरा उनलाई राम्ररी थाहा छ । रहर गर्दैगर्दाको पाइला अचानक सपनामा बद्लिएपछि उनको जीवनले उद्धेश्य नै बद्लेको छ । विदेशीलाई नेपालको अनुहार चिनाउँदै हिँड्ने एउटी पथप्रदर्शक हुन्, अनिता कुलुङ (राई) । पोखराको थ्री सिस्टर्स कम्पनीसँग आवद्ध भएर पथप्रदर्शक भइहिँडेको पनि वर्षौं भइसकेको छ । उच्च हिमाली भेगका प्रत्येक उकाली र ओरालीको लेखाजोखा उनीसँग छ । ‘ट्रेकिङ गाइड भएरै अन्नपूर्ण सर्किट, उपल्लो मुस्ताङ, सगरमाथासम्म पटकपटक घुम्ने मौका पाएँ,’ उनले सुनाइन् । पहिले राईमा घुम्ने, रमाउने रहरले डेरा जमाएको थियो । उनी त्यही रहरको फेरो समाएर सन् २००८ मा भोजपुरबाट पोखरा आइपुगेकी हुन् । पोखरा आइसकेर के गर्ने उनलाई थाहा थिएन । तर, डाँडाकाँडा उक्लदैं हिँड्ने इच्छाको गतिलो साथ भने थियो । ‘पोखरा त आइयो के गर्ने भन्ने थाहै भएन । गाउँले आफन्त र नातागोता पर्ने सबै पर्यटन व्यवसाय मै लागेका थिए । काम पनि पाइने घुम्...

सरस्वतीको आँखामा त्यो पोखरा यो पोखरा

Image
विकास रोकामगर (समाधान दैनिक र नेपाल लाइभमा प्रकाशित ) ‘पहिलेको फेवाताल हेरेर त अहिले के के हो के के भइसकेको जस्तो लाग्छ,’ उनी भन्दै थिइन्, ‘दिउँसै डरलाग्ने ठाउँमा अहिले घरैघर बनेर हराइएला भन्ने डर ।’ पहिले पोखरा आउँदा कुनै दिन भव्य सहर हुन्छ र यहाँ टाउको उल्टो उठाएर आकाश हेरे जस्तो घरको छत हेर्नुपर्छ भन्ने लागेकै थिएन सरस्वती बस्नेतलाई(५१) । ससाना पक्की घरले सहरको रुपमा मात्रै चिन्न सकिन्थ्यो । घरमा आर्थिक अभाव भएपछि घर बनाउने काम पाइन्छ भनेर परिवार सहित पोखरा आएकी थिइन उनी ः २०५४ सालमा । ... पहिले ज्यालामा घर बनाउने काम गर्दा उनको दैनिकी ७ रुपैयाँको चामलले धान्थ्यो । उनी सम्झिन्छिन्, ‘त्यतिबेलाको महङ्गो चामल भनेकै १७ रुपैयाँ प्रतिकेजीको चामल थियो ।’ त्यति रुपैयाँको चामल किन्न पनि नसक्ने र महङ्गो लागेको उनले स्मरण गरिन् । १७ रुपैयाँको चामल खान पाउनु घरमा चिठा नै परेको जस्तो भान हुन्थ्यो उनलाई । ... पोखरा आएको २१ वर्षको अवधिमा ५ ठाउँ डेरा सरिन् उनी । कहिले कता त कहिले कता बिरालो जस्तो बालबच्चा बोकेर स्थानान्तरण गरेको बताउँदा उनी हाँस्दै थिइन् । अहिले बाराहीघाटमा पसल थ...

युद्धपछिको बोनस जिन्दगी

Image
Photo Yunish Gurung/samadhan राइफलदेखि घन र बेल्चा सम्मको यात्रा विकास रोकामगर (समाधान दैनिक र नेपाल लाइभमा प्रकाशित) उनलाई लाग्छ–भाग्यमा लेखेर ल्याएपछि जुन बाटोमा हिडेपनि अन्तिममा आइपुग्ने एउटै गन्तव्य रहेछ । विश्राम त्यहीं मिल्दोरहेछ । ससाना मात्र होइन ठूलाठूला भूकम्प पनि आइरहन्छन् मान्छेको जीवनमा । सक्नेहरु जितको उत्सव मनाउँछन्, नसक्नेहरु बिलाउँछन् कतै हराई जान्छन् । उनलाई जित्नु थियो । आफ्नै दुःखहरु बिर्सन पुग्ने सफलता प्राप्त गर्नुथियो । कुनै पहाडको सबैभन्दा उचाइमा पुगेर एकआराम जिन्दगी सुस्ताउनु थियो । ‘युद्धका ती आँधीमय घाउहरुले अहिले ससाना दुखहरु त्यसै बिर्साइदिन्छ । घाउले नै घाउ निको बनाउँदो रहेछ,’ यी विचार हुन्, पश्चिम रोल्पाबाट कास्की पोखरामा आएर निर्माण व्यवसायमा लागेका व्यवसायी प्रसाद बुढा मगर ‘सुन्दर’का । परिवारसहित पोखरा लेखनाथ १२ रानीपौवा, पुरानोधारामा बस्दै आएका उनी एक क्रियाशील समाजसेवी तथा राजैतिक छवी भएका १ व्यक्तित्व हुन् । सामान्य मजदुरीबाट पोखरामा संघर्ष सुरु गरेका बुढामगर अहिले लाखौँको लेनदेनमा दिन बिताउँछन् र यस्का साथै सामाजिक कार्यहरुमा पनि अ...

नथिया नाकमा कि नाइटोमा ?

Image
photo google विकास रोकामगर (अनलाइनखबरमा प्रकाशित) मेरो हातमा आइपुगेको थिएन ‘नथिया’ । तर पढ्नुको उत्सुकताले मनमा डेरा जमाएर बसेको थियो । ०७४ फागुन २० मा काठमाडौंमा विमोचन भएको ‘नथिया’ पोखरामा भने फागुन २७ मा विमोचन भयो–गृह विमोचन । संयोग यो पनि थियो कि दुवै विमोचनमा म पनि उपस्थित थिएँ । विमोचन हुनुभन्दा अघि नै चर्चाको बाटो समाइसकेको थियो नथियाले । जसले पाठकलाई एकपटक भए पनि पढ््नुपर्छ भन्ने हुटहुटी जगायो । त्यसमध्ये म पनि एक थिएँ–‘पाठक’ । प्रोमो तथा सामाजिक सञ्जालमा चर्चा चुलिँदो थियो । प्रकाशन नहुँदै ‘वरिष्ठ’ एवं ‘राष्ट्रिय’ लेखकहरुको वालमा ‘नयाँ पाठक’हरुलाई पढ्नका लागि एक हिसाबले सिफारिस प्राप्त कृति जस्तो भइसकेको थियो । खास कस्तो छ त ‘नथिया’को भित्री गुत्थी ? पाण्डुलिपि पढ्नेहरुलाई मात्र थाहा थियो । पश्चिम नेपालको दाङ जिल्ला । तत्कालीन राप्ती अञ्चलको एक मुख्य व्यापारिक, आर्थिक, भौगोलिक केन्द्र । तराई(भित्री मधेस) को एक जिल्ला हो दाङ । जहाँ मौसमले सताउँछ, कहिले रापिलो घाम भएर त कहिले धमिलो हुस्सु बनेर ठिहि¥याइदिन्छ–दैनिकीहरु । त्यही दाङ – ‘पक्रैया’(हालको घोराही शान्तिनगरट...

विकल्पको वैकल्पिक खोजी यात्रा

Image
विकास रोकामगर (समाधान दैनिकमा प्रकाशित) पोखरा, २ जेठ विद्यालयमा पढ्दा बाटै चञ्चले थिए, उनी । नयाँ कुराको अवलोकन र सोंचले नै उनलाई केही फरक रहन र गर्न प्रेरित गथ्र्यो । तनहुँ जिल्लामा जन्मिएका उनी सानै देखि विज्ञान तथा प्रविधिसँग अथाह रुची राख्दथे । नेपालमा पाइने कच्चा पदार्थ बाटै उत्पादन हुनुपर्छ भन्ने सपनाको विकल्पमा थिए । त्यसैको लागि दिनरात मेहेनत पनि गर्थे । सानै देखि बाल क्लब बाट आफ्नो कुरा राख्दै आएका उनी अचेल युनाइटेड आइडियाज नेपालको रिसर्च कोर्डिनेटर, रोट्रयाक्ट क्लव अफ लेकसाइडको व्यक्तित्व विकास प्रमुख, एभरेस्ट टेक्नोमेनिया प्रा.ली.को सिस्टम डेभलपरका रुपमा सक्रिय छन् । उनी अर्थात विकल्प ढुंगाना (१९), टिनएज सकिंदै गरेको एक यूवा । यो उमेर भनेको रमाईलोमा भुल्ने या फजुलतामा रमाउने समय हो । तर यही यही समय र यही उमेरबाट युवा वैज्ञानिकका रुपमा उदाएका छन्, विकल्प । उनी सम्भावनाका अर्का राम्रा विकल्प पनि हुन् । साना तथा राष्ट्रियस्तरका पुरस्कार तथा सम्मान पाइसकेका उनी पर्यावरणीय महत्वका धेरै प्रविधिको खोज तथा अनुसन्धानमा व्यस्त छन् । विद्यालय जीवनबाटै विज्ञानसँग नजिकको ...

वसन्त – एक गुपचुप सेलिब्रेटी

Image
विकास राेकामगगर (समाधान दैनिक र नेपाल लाइभमा प्रकाशित) पोखरा, १४ बैशाख पोखराको पृथ्वीचोकमा एउटा क्लब छ ‘सहारा क्लब’ । फुटबललाई मुख्य रुपमा अगाडी बढाइरहेको यस क्लवले नेपाली खेलकुद जगतमा अतुलनीय सहयोग गरेको छ । यही क्लवले धेरै समय अगाडीबाट खेलाडीलाई प्रशिक्षण पनि दिँदै आएको छ । खेलाडीको जमघट हुने पोखरा रंगशालामा खेलाडीलाई खेल क्षेत्रबारे सिकाउँदै गरेको अवस्थामा एकजना उमेरले बाजे भन्न मिल्ने मान्छे भेटिन्छन् । कपाल आधाउधी फुलिसकेको तर तन्दुरुस्ट अनुहारमा प्रशिक्षण दिइरहेका व्यक्ति हुन् – वसन्त थकाली । ती व्यक्ति सहारा क्लब पोखराका संस्थापक अध्यक्ष समेत हुन् । पोखरामै जन्मेका उनलार्ई आजको पुस्ताले कि चिन्दैनन् चिनेपनि खेल प्रशिक्षकका रुपमा चिन्छन् । धेरैले चिने खेलाडीका रुपमा चिन्छन् । तर होइन्, तिनै व्यक्ति कुनै बेलाका चर्चित लोक गायक पनि हुन् । ति व्यतिm तिनै हुन् जसले स्वर सम्रात नारायण गोपाल, गोपाल योञ्जन लगायतकासँग एउटै एल्वमका लागि काम गरेका छन् । बिहीबारको भेटमा थकाली हर्षित र उत्साहित अनुहारमा देखिन्थे । कारण थियो पोखरामा शनिबार हुन लागेको आफ्नो एकल साँगीतिक प्रस्त...

कुची, क्यानभास, कला र उनीहरु

Image
२ दिदीबहिनीसँगै चित्र कोर्दै विकास राेकामगर (समाधान दैनिक र नेपाल लाइभमा प्रकाशित) पोखरा  ज्योति गुरुङ । उनलाई चित्र मन पथ्र्यो बनाउँथिन् पनि । तर चित्रमै लाग्छु भन्ने सोच भने थिएन । बिबिएस पढ्थिन् । उनलाई लाग्थ्यो – भविष्यमा कुनै बैंकको घुम्ने कुर्चीमा बसेर जागिर गर्दै हुनेछु । ... हेमाकान्ति भने सानैदेखि चित्रमा रुचि राख्थिन् । साथीहरु पनि चित्र बनाउँथे । भविष्यमा के बन्ने ? भन्ने प्रश्नमा कोही ‘डाक्टर’ भन्थे त कोही ‘पाइलट’ । उनी एक्ली थिइन् ‘चित्रकलामा नै लाग्छु’ भन्ने । उनले चित्रकलालाई यति प्रेम गरिन् कि ‘त्यो भइनँ भने के भन्छु होला ?’को उत्तर कहिले खोज्नतिर लागिनन् । ... पोखरा महेन्द्रपुलबाट पूर्वीदक्षिण बाटोको सानो गल्लीमा छिरेर केही मिनेट हिडेपछि बाहिर ‘बुद्धिज् एटेलिएर’ लेखेको सेतो घर छ । घरमा भित्र छिरेर जब पहिलो कोठामा छिरिन्छ – सबै भन्दा पहिले नजर क्यानभासमा पोतिएका चित्रमा ठोकिन्छ । अमुर्त चित्र छन् । यसैयसै मन बहलाउने चित्रैचित्रको कोठा छ । त्यो घर हो– पोखरालाई ‘स्कुल अफ वाटर कलर’को रुपमा चिनाउन सफल कलाकार बुद्धि गुरुङको । कोठाको भूईंमा छरिएका थिए । रंगा...

‘कोइला’ एक नलेखिएको कला !

Image
विकास रोकामगर २०७६ असार २८ गते १९:४८ मा प्रकाशित २८ असार, पोखरा । आगो बलिसकेपछि अन्तिममा बच्छ कोइला । मान्छे सोच्छन्, ‘आगो त बलिसक्यो । काम त टरिसक्यो । यो कोइलाको के काम ? बल्यो, सिद्धियो !’ तर, त्यही ‘कामविहीन’ कोइला कलाकार सुनिल सिग्देलको हकमा भने ठूलो अर्थ राख्छ । बलिसकेको कोइला उनलाई अत्यन्तै दार्शनिक लाग्छ । उनी त्यसैमा कथा भेटाउँछन्, कविता भेटाउँछन् । उनी कोइलामै कला भेटाउँछन् । ‘कोइला नलेखिएका अक्षर हुन् । पीडाका अक्षर हुन् । तपाईंहरु पनि पढ्नुस् कोइलाको अक्षर,’ उनी भन्छन् । आम मान्छेले कोइलालाई देखेजस्तो सामान्य ढंगले हेर्दैनन्, सिग्देल । उनलाई लाग्छ कोइलामा सिंगो चित्र छ । भन्छन्, ‘अरुका लागि कोइला सामान्य होला तर मैले कोइला कैयौं अक्षर कुच्चिएर बनेको एउटा सुन्दर चित्रजस्तो लाग्छ ।’ हो, कलाकार सिग्देल यस्तैयस्तै ‘कामविहीन’ चीजमा कथा भेटाउँछन् र त्यसलाई आफ्नो कलामा उतार्छन् । र्‍यान्डम रिडर्स सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार विभिन्न विधाका स्रष्टासँग संवाद र अन्र्तक्रिया गर्दै आइरहेको छ । सोही नियमित कार्यक्रम अन्तर्गत शनिबार सुनिल मञ्चमा उभिए र आफूले ...