जसले पोखरामा क्यानोनिङ भित्र्याए....


विकास रोकामगर÷युनिश गुरुङ
(अनलाइनखबरमा प्रकाशित)

पछिल्लो समय पोखराको तापक्रम केही बढेको छ । रापिलो घामको खासै अभ्यस्त नभइसकेका पोखरेलीलाई हम्मेहम्मे परेको छ । त्यही चर्को गर्मी छल्न कोही स्विमिङ पुल धाइरहेका छन्, कोही तालतलैया र वनजंगलका छहारी खोज्दै हिँडिरहेका छन् । कोही पहाड, पर्वत उक्लिरहेका छन् ।


साहसिक खेलमा रुचि राख्ने र चर्को गर्मी छल्न पोखरादेखि नजिकको ठाउँ खोजिरहेकालाई भने ‘क्यानोनिङ’ एउटा राम्रो गन्तव्य हुन सक्छ । माछापुच्छ«े गाउँपालिका ९ घलेलमा रहेको पोखरा क्यानोनिङमा गएर साहस र आँट देखाउनेको संख्या यतिबेला बढेका छन् । २०७० सालमा स्थापना भएको उक्त क्यानोनिङमा अहिलेसम्म हजारौंले मजा लुटिसकेको सञ्चालक राम गुरुङ बताउँछन् ।


कास्कीमै पहिलो पटक साहसिक खेल क्यानोनिङ भिœयाएका गुरुङको पृष्ठभूमि भने फरक छ । कहिल्यै क्यानोनिङ नदेखेका उनको पोखराका तालमा ‘वाटर पार्क’ बनाउने सपना थियो । सन् ०१२ मा लन्डन घुम्न गएकाबेला वाटर पार्क देखेछन् । पोखराका तालमा पनि यो खोल्न सकिन्छ है भन्ने उनलाई लागेछ ।

‘लन्डनमा वाटर पार्क ११ वटा थियो । त्यहाँ ६ महिना चले र ६ महिना नचल्ने रहेछ,’ गुरुङले उनताका दिन सुनाउँदै भने, ‘त्यो देखेपछि पोखरामा यतिधेरै ताल छन्, लथालिंगै छन् । यो (वाटर पार्क) बनाउन पाए भने हुन्छ कि भन्ने लाग्यो ।’ लन्डनबाट गुरुङ नेपाल फर्किए । त्यसपछि नेटमा ‘सर्च’ गर्दै पार्क बनाउन आवश्यक सरसामान उत्पादन गर्ने कम्पनीसँग इमेलमा ‘च्याट’ गर्न थाले ।

 भनेजस्तो सहज थिएन । खोजेजस्तो पाउनु त आकासपातालको कुरा । धेरै कम्पनीसँग च्याट गरिसकेपछि एउटा कम्पनीले तालको नमुना पठाउन आग्रह गरेछ । गुरुङ उतसाहित हुँदै लेखनाथमा रहेको दिपाङ तालको फोटो पठाइदिए ।

‘मैले गुगल म्यापबाट फाटो पठाइदिएँ । त्यसको केही दिनमा नै पूरै डायग्रामसहितको स्केच आयो,’ उनले सम्झिए, ‘तर अत्ति महंगो । म एक्लैले सक्ने कुरा भएन । साथिहरु रिझाएपछि बन्ने पक्का भयो ।’

टुरिस्ट गाइडको काम गर्दागर्दै उद्यमी बन्ने पक्कापक्की भएपछि गुरुङ फुरुंग भए । ताल निजी त होइन । भाडामा लिँदा समस्या नपर्ला नि ! सोचेर सम्बन्धित निकायहरुमा निवेदन पनि दिए । सर्वदलीय बैठक पनि डाकियो । उनले प्रस्तुत गरेको ‘भिडियो प्रिजेन्टेसन’ले पर्ररर ताली पनि पायो । तर कामले स्वीकृती पाएन । त्यतिबेला सबैले उत्तर दिए, ‘ताल पनि कहीं भाडामा दिएर हुन्छ ?’

साचेको काम पूरा भएन । ‘नेपालमा लन्डनको जस्तै वाटर पार्क खोल्छु’ भन्ने उनको सपना गल्र्याम्म ढल्यो । गुहार्न जाने अर्को ठाउँ थिएन ।

‘लगानी गर्ने साथि पनि जम्मा गरिसकेको थिएँ । काम नबन्ने भएपछि त पूरै निराश भएँ नि !’ उनले भने । तर त्यही समयमा उनको भेट भइदियो राजेश लामासँग । लामा नेपालका पहिलो क्यानोनिङ गाइड हुन् ।

लामाले मर्दी हिमाल चढेर फर्किंदै गर्दा बाटोमा त्यो झरना देखेका रहेछन् । गुरुङसम्म लामाले कुरैकुरामा भनिदिएछन्, ‘त्यहाँ क्यानोनिङको राम्रो सम्भावना छ है !’ उनले पहिलो पटक सुने क्यानानिङ । उच्चारणै गर्नै गाह्रो प¥यो । जानकारी केही थिएन । युट्युब चहारे र चाहिने जानकारी लिए ।

‘क्यानोनिङबारे थाहा पाइसकेपछि सञ्चालन गर्नुप¥यो भनेर ट्रेकिङ एजेन्सीहरुको संगठन (टान)लाई अनुरोध गरें । त्यतिबेला पनि म नै सञ्चालन गर्छु भनेर सोचेको थिइनँ,’ गुरुङले सम्झिए, ‘तर त्यही वर्ष टानका हाकिम आएर यस्तो जुका लाग्ने ठाउँमा क्यानोनिङ चलाउनु हुँदैन भन्दिए ।’

सहयोग गर्छौं भन्छन् भन्ने अपेक्षा राखेका उनले फरक प्रतिक्रिया पाएपछि फेरि यो काम पनि नहुने भो भन्ने पक्षमा उनी लागेछन् ।

त्यो छहरमा क्यानोनिङको सम्भावना देखेको एउटै साथि थियो, राजेश लामा । पोखरा आए, फिल्ड भिजिट गरे । सहयोग गर्ने प्रतिवद्धता पनि दिए । ‘तान’ले नै गाइड ल्याएर क्यानोनिङको सफल परीक्षण ग¥यो ।

‘२ दिन त पूरै मेला लागेजस्तो भयो । बाटो पनि थिएन । त्यही पनि मान्छेको भीड त थाम्नै नसकिने भयो,’ गुरुङले सुरुताका समय सम्झिँदै भने, ‘२ दिनमात्रै चलाएर त भएन । दीर्घकालीन रुपमै लैजानु प¥यो ! गाइडको समस्या प¥यो ।’

ढुंगो खोज्दा देउता भेटियो भन्ने उखानजस्तै क्यानोनिङको सफल परीक्षण भएको ५ दिनपछि गुरुङको भेट अमेरिकन क्यानोनिङ अक्याडेमीका संस्थापक रिच कार्लसनसँग पोखरामै भेट भयो । कार्लसन त्यतिबेला भोटेकोशीमा क्यानोनिङको टे«निङ दिन नेपाल आएका थिए ।

‘भेटमा मैले ल्वाङघलेल घुम्न जाने प्रस्ताव राखें । उहाँले सहजै स्वीकार्नु भयो,’ उनले भने, ‘बाटोमा मैले क्यानोनिङ गर्न गाइड छैनन् । तपाईंले ट्रेनिङ गराइदिनुप¥यो भनेर अर्को प्रस्ताव राखें । तर उहाँले ५ दिनमात्रै छ भन्नुभयो ।’

कार्लसनले समय छैनभन्दा पनि ५ दिनमै केटाहरु तयार हुन्छन् भनेर जिद्दी गरिसकेपछि भने उनले स्वीकार गरेको गुरुङ बताउँछन् । ‘सुरुमा ५ दिन ट्रेनिङ दिने कुरा भाथ्यो । तर भाग्यवश त्यति नै बेला भोटेकोशीको उहाँको ट्रेनिङ क्यान्सिल भयो । त्यसपछि त हामीलाई १० ट्रेनिङ दिनुभयो ।’

त्यतिबेला ट्रेनिङ लिएकामध्ये ८ जना अहिले पोखरा क्यानोनिङमै कार्यरत छन् । १० लाख रुपैयाँमा सुरु भएको क्यानोनिङको पुँजी अहिले १ करोडभन्दा माथि पुगिसकेको सञ्चालक गुरुङ बताउँछन् । अहिले दैनिक सरदर १० जना क्यानोनिङ गर्न पुग्ने उनको भनाइ छ ।

‘सुरुमा त क्यानोनिङ त सुरु ग¥यौं । तर कति लिने भन्ने नै थाहा भएन । जति दिए नि दिनुुस् भनेर चलायौं,’ उनी सुनाउँछन् ।

क्यानोनिङको चर्चित बढ्दै गएपछि ३० जनासम्म एकैपटक बास बस्न मिल्ने कोठासहितको होटल सञ्चालन भएको छ । पहिलो पटक क्यानोनिङ गर्नेका लागि ४५ मिटरको सानो छहरा छ भने ७५ अनुभवीलाई ७५ मिटर अग्लो छहरा छ ।

क्यानोनिङ गर्दा शारीरिक र मानसिक रुपमा तयार हुनै पर्ने गुरुङको सुझाव छ । ‘प्याराग्लाइडिङ र ¥याफ्टिङजस्तो हुँदैन यो । सबै आफैं गर्नुपर्ने भएकाले शारीरिक र मानसिक रुपमा स्वस्थ हुनैपर्छ,’ उनले भने । अहिलेसम्म त्यहाँ क्यानोनिङ ७ वर्षीय बालकदेखि ६२ वर्षको वृद्धालेसमेत गरेको उनले जानकारी दिए ।

क्यानोनिङमा रम्न चाहनेलाई विभिन्न प्याकेज सुविधा उपलब्ध गराइएको सञ्चालक गुरुङले बताए । खान र बस्नेसहित १ रातका लागि ४ हजार ९ सय प्रतिव्यक्ति तिर्नुपर्छ । बास नबसेर फर्किनेहरुका लागि २ हजार ४ सय रुपैयाँ पर्छ । विदेशीलाई ३९ डलर र ६९ डलरको प्याकेज व्यवस्था रहेको उनले जानकारी दिए ।


फोटो युवराज गुरुङ (युनिश)
अर्काइभ

Comments

Popular posts from this blog

‘भाडाका गर्लफ्रेन्ड’

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

आँखा र आँखा हस्पिटल