Posts

कार्यकर्ता होइन, नागरिक भएर सोच्नुपर्छ – नत्र रैती भइन्छ !

विकाश रोकामगर घान्द्रुकको चिसोमा थिएँ । पातलो लुगामा उकालो उक्लिएकाले हातखुट्टा ठिँहि¥याइरहेको थियो । धन्न यसपालि हिउँदमा हिमालहरु कालै थिए र पो ! फेसबुक स्क्रोल गर्दै थिएँ । एक्कासि आँखा सञ्जिव उप्रेती र नारायण वाग्लेमा पुगेर रोक्कियो । कोही प्रहरीको पञ्जामा थिए, कोही पानीको फोहोराभित्र । क्याप्सन पढें – शान्तिपूर्ण नागरिक आन्दोलनमा प्रहरी दमन ! डरपोक शासकको जत्थाले आफ्नो कमजोरी लुकाउन हतियार प्रयोग गरेको थियो । त्यो व्यक्तिमाथिको दमनमात्रै थिएन, सत्यमाथिको तानाशाही प्रवृत्तिको दमन थियो ।  हिमालको नजिक उभिएको छु भन्ने पनि बिर्सिएँ – आवेगले नजिकै आगो बलेझैं शरीर तातो भएर आयो । ००० गाला चाउरिसकेको छ । कपालमा सेतै हिउँफुल फुलिसकेको छ । तर, पनि उस्तै जोशजाँगरले सडकमा उत्रिएका छन्, अग्ला नान दाइ, डा केसी, कुन्साङ काकाहरु ... उहाँहरुका अघि हामी युवा निर्जाँगर सेलाइसकेका रहेछौं ।  यत्रो संविधानमाथि ’कु’ भइरहेको छ । म के गरिहेछु त ? फेसबुकमा स्टाटस ? ट्विटरमा ट्विट ? एउटा मैमत्त जोकर शासकलाई घुँडा टेकाउन म बबुरोको एउटा स्टाटसले काम गर्ला ?  साह्रै आत्तिएँ । मनमा बेचैनी भरिएर आयो...

स्कुले ग्याङको कुरा..

Image
लामालामा स्टाटसका पत्यारलाग्दा दृश्यहरुबाट भागेर म ट्विटरमा छिरेँ । ३÷४ सय साथीले पछ्याएका छन् । तर, त्यही रमाइलो लाग्छ । अरुका जस्तो लाखौं फलोइङ हुँदो हो त २४ घन्टालाई बढाएर २५ बनाइसक्दो हुँ । धेरै दिनपछि फेसबुकमा झुल्किँदा ‘नोटिफिकेसन’ मा एउटा म्यासेज देखा प¥यो – यु ह्याब मेमोरिज् विथ्..... । फेसबुकले अचेल पुराना दिनहरु फिर्ता ल्याउन सहयोग गर्छ । बितिगएका दिनहरु निर्जीव उभिन्छन् । तर, उनीहरुले बोकेर ल्याएका सम्झनाहरु सजीव उभिन्छन् – कतै दुखाउँछन्, कतै हसाउँछन् । नोस्टाल्जिक बनाउँछन् । चाहे काँडा कै किन नहोस्, हिँडी आएको बाटोले त हो गन्तव्यसम्म पु¥याउने । विगतीय सम्झना पनि त त्यस्तै हुँदा रै’छन् । स्क्रोल गर्दागर्दै टक्क रोकिएर भन्न मन लाग्छ – ती क्या दिन थिए यार !  फेसबुकले ७ वर्षअघिको समयमा फर्कायो  ! एसएलसी दिने बेला समय थियो त्यो । उच्छृंखलै भए पनि सरकारी स्कुलका ‘जान्ने’ विद्यार्थी भएपछि ‘सात खुन माफ’ हुन्थ्यो । मस्ताराम उदाइरहेका जवानीमा हराइरहेका हामीले त्यो अवसर छोड्ने कुरै थिएन । ग्याङ बुनेर हिँड्थ्यौं । ग्याङकै सल्लाहमा बन्थ्यो – कसलाई कुट्ने ? कुन मास्टरसँग ‘ल्याङ’...

साउन १ – ‘बयलघारी’ सम्झना..

Image
मेरो बिहे हुने नै भो । दुलाहाको भेषमा सजिने नै भएँ । तुलसी बोट छेउको आँगनमा मण्डप तयार भो । साथीभाइको आउजाउ बढ्यो । छिमेकीहरु रमाउँदै हाम्रो बिहेमा आए । बाहिर उनीहरुको हल्ला सुरु भइसकेको थियो । भित्र म दुलाहाको भेषमा तयार हुँदै थिएँ । टाउकोमा ढाका टोपी लगाएँ । मैलिएकै सही कपडाले आफू अनुकुल सुहाउने गरी मिलाएँ । मुख धोएँ र लागें मण्डपतिर । बाहुन बाजे आफ्नै धुनमा खै के मन्त्र फलाक्दै थिए । दुलही आइहाली । रातो सारी, रातै घुम्तो । हरिया चुरापोते बजाउँदै मेरो छेउमा आएर बसिन् । लजाउँदै उनीतिर हेरें, एक्कासी लाज उर्लेर आयो । ध्यानले हेरें उनी पनि लाजले रातो भएकी थिइन् । सधैंको खेल्ने साथी थियौं ऊ र म । तर, आज बिहे नै हुन लाग्दा किन यसरी लजाइरहेछौं ? थाहा थिएन । म मण्डपलाई खै कति घुम्ती हो (याद छैन) घुमेर उसको सिउँदोमा सिन्दुर लगाइदिएँ । बिहेबारी सकियो । जन्त, पाहुनालाई तरकारी र खिर खुवाएर बिदाबारी भइयो । त्यसपछि ऊ आफूले लगाएको सारी उतारी । हरियै रङको कुर्थामा उत्रिई । मसँग त्यसरी फेर्ननलाई केही थिएन । टाउकाको छिमेकी बस्नेत बाजेले दिएको ढाका टोपी फकालें । र, हामी आआफ्ना घरघर ल...

लकडाउन डायरी ः सडकमा उभिएका खुट्टाहरु...

लकडाउन छ । तर, सडकमा हुलका हुल मान्छे देखिन्छन् । विश्व स्वास्थ्य संगठन भन्छ ः एकअर्काको सम्पर्कदेखि टाढा रहनू, भौतिक दूरी कायम गर्नू । तर, सडकमा मान्छे छन्, हुल बाँधेर बसेका छन् । फेरि सरकार भन्छ ः सडकमा हिँड्नेले लकडाउनको अपहेलना गरे । उलंघन गरे । सामाजिक दूरी कायम गरेका छैनन् । बेलाबेला प्रशासनको लाठी बर्सेको समाचार पनि नआएका होइनन् । सडकमा २ थरि मान्छे छन् । एकातिर छन् ः हातमा कुकुर दो¥याउँदै मर्निङ र इभिनिङ वाकमा निस्किएकाहरु । अर्कातिर छन् ः भोक, शोकले अत्तालिएर माइलौं दूर आफ्नो गाउँ फर्किन नांगा खुट्टामा हिँडिरहेका मजदुरहरु । उनीहरु आफ्नो भारीभन्दा गह्रौं मन लिएर उभिएका छन् । र, यही सडकमा निस्किएका मान्छेहरुको जमात यो वर्गीय समाजको एउटा ऐना पनि हो । यहाँबाट हामीले यो समाजलाई राम्ररी नियाल्न सक्छौं । यतिेबला सडकमा यहाँ शौखिनहरु पनि छन् । र, छन् बाध्यताको गह्रौं पहाड बोकेर हिँडिहेका निमुखा भूइँमान्छेहरु पनि । अन्ततः यो सहर हो । बजारले बसाएको र बनाएको सहर । यो बजारकै बाटो हो । बजारमा चल्ने सीर्फ नाफाघाटा हो । किनबेच हो । लगानी र प्रतिफल हो । यहाँ हरेक कुराको निश्च...

आकाश गड्गडाउँदै भइरहेछ वर्षात

चैतको सुरुआती समय हो, यो । घाम निधारमै आएर ताप दिने मौसम । तर, यो वर्ष त्यस्तो केही छैन । अझै चिसो हटिसकेको छैन । गर्मी पूरै सुरु भइसकेको छैन । ‘बिहान, साँझ जाडो । दिउँसो गर्मी,’ यही दुवैको बीचमा ‘अबस्ट्रयाक्ट’मा हिजोआजको समय । तर, आकाश गड्गडाउँदै भइरहेछ वर्षात । झ्यालको पर्दा आधा उघारेको छु । आधा खुलेको झ्यालबाट देखिन्छ कालो आकाश । र, मेघ गर्जनसहित परिरहेको पानी । झ्यालबाट भित्र पस्ने बतासले बिस्तारै हल्लाइरहेको छ पर्दालाई । मानौ दृश्य यस्तो भइदिएको छ कि पानीले अनौंठो संगीत गुन्गुनाइरहेको छ । पर्दा त्यही संगीतमा नाचिरहेको छ छम्मक.....छम्मक ..... । वसन्त ऋतुको सुरुआती मौसम पनि हो यो । सरदमा झरेका बोटविरुवाका नांगा हाँगामा पलाइरहेको छ हरियो पालुवा । ध्यान केन्द्रित गरेर हेरिहेछु हावाको मसिनो झोंकामा हल्लिरहेका ती पातहरुलाई । यस्तो लाग्दैछ, पात झरेर सुख्खा निर्र्जीवजस्तो भएको रुखमा केवल पातमात्रै पलाइरहेको छैन । त्यसले त सिकाइरहेको छ हरेक असफलता पछिको एउटा सफलता । एउटा जीवन । हरेद दुखपछि आउने सुखको अनुहार । आँशुपछिको मुस्कान । पलाइरहेको पातले देखाइरहेछ हजार सम्भावनाका बाटाहरु ।...

बालापन सम्झिएर....

दाङमा हाम्रो घर छेउ ठूलो चौर थियो । त्यही चौर बालबालिकाको खेलमैदानदेखि गाइवस्तु टहलाउने एउटा राम्रो ठाउँ पनि बनेको थियो । त्यही चौरको पूर्वी कुनामा ४ वटा ठूलाठूला खाल्डा थिए । जसको आकार लाम्चो थियो । त्यही खाल्डो वरिपरि बालापन एउटा सुनौलो समय बित्यो । कहिले लुकामारी त कहिले चोरपुलिस । हामी केटाकेटी जे बन्न चाहन्थ्यौं खाल्डो त्यहीत्यही बन्थ्यो । ठूलो वरपीपलको छहारीमा भएकाले त्यो खाल्डोमा गर्मीयाममा पनि खास्सै समस्या पर्थेन । केको लागि खनिएको थियो त्यो खाल्डो ? थाहा थिएन । तर, ठूला मान्छे भन्थे, ‘त्यो खाल्डो बंकर हो ।’ बंकरको अर्थ खाल्डो नै थियो हाम्रो लागि । त्यसका अनेक अर्थ खोज्नु हाम्रा लागि स्वाभाविक नै थिएन । हप्तादिनको पर्खाइपछि घुमेर आएको एउटा शनिबारमा रमाइलो गर्ने एउटा राम्रो हाम्रो ‘घर’ थियो त्यो । जहाँ दर्जन जतिको संख्यामा जम्मा भएर रमाइलो गथ्र्यौं । पछिपछि त्यो खाल्डो पुरियो । घर ठडिए । हाम्रो खेल्ने ठाउँ स¥यो । तर, सरेको नयाँ ठाउँमा त्यो खाल्डोमा जत्तिको मजा कहीं कतै पनि आएन । धेरैधेरै वर्षपछि थाहा पाएँ, त्यो खाल्डो माओवादीले जनयुद्धताका खनेका रहेछन् । आइतबार दिन ...

जनयुद्ध संस्मरण २ : कलमभन्दा पहिले बन्दुक समायौं

६० को दशकसम्म पनि रोल्पाको जेलबाङमा कलम पुगेको थिएन । सानासाना नानीबाबुहरु सेतो खरी ढुंगा या अंगारले अक्षर सिक्थे । मैले पनि जीवनको पहिलो सुन्दर अक्षर कालो पाटीमै त सिकेको हुँ - क । त्यही एउटा क को पछि दौडेर पछि धेरै पछि अरु पनि सिकें - एबिसी, एक दुई तीन...... ००० जिल्ला सदरमुकामदेखि उति टाढा पनि थिएन हाम्रो गाउँ । हिँडेर जम्मै त्यही एक दिनको बाटो त थियो । जम्मा एकदिनको बाटो त गाउँलेका लागि उधुम नजिक थियो । नत्र त नुन तेल ल्याउन हप्तौं हिँडेर मधेश झर्नुपर्थ्यो । कमाउन जाने कालापार (भारत) त झन् कहाँ पो नजिक हुनु ? अभावको खाल्डोमा रुमलिरहेको गाउँ भए पनि सबैको आँखामा सपना बाँकी थियो । सपना बाँकी छउञ्जेल बाँच्ने चाहना पनि त हुँदो रहेछ । मेरी आमा पनि त्यही सपनालाई अंगालो हालेर त हामीलाई हुर्काइरहेकी थिइन् । घरमा थियौं-आबैसहित २ नाना म र बूढो बाजे । बा ५४ सालमै साउदी हिँडिसकेका थिए । टुकीको उज्यालोमा आमा खै के आफैंसँग गुनगुन गर्दथिन् । अहिले धुम्मिल धुम्मिल सम्झना आउँछ - आबै त्यतिबेला फगत गुनगुनाउँदोमात्र थिइनन् रहेछ । उनी त कालो पाटी हातमा लिएर कखरा र गुणन पढ्दै हुँदो रहेछिन् ...