जनयुद्ध संस्मरण २ : कलमभन्दा पहिले बन्दुक समायौं
६० को दशकसम्म पनि रोल्पाको जेलबाङमा कलम पुगेको थिएन । सानासाना नानीबाबुहरु सेतो खरी ढुंगा या अंगारले अक्षर सिक्थे । मैले पनि जीवनको पहिलो सुन्दर अक्षर कालो पाटीमै त सिकेको हुँ - क ।
त्यही एउटा क को पछि दौडेर पछि धेरै पछि अरु पनि सिकें - एबिसी, एक दुई तीन......
०००
जिल्ला सदरमुकामदेखि उति टाढा पनि थिएन हाम्रो गाउँ । हिँडेर जम्मै त्यही एक दिनको बाटो त थियो । जम्मा एकदिनको बाटो त गाउँलेका लागि उधुम नजिक थियो । नत्र त नुन तेल ल्याउन हप्तौं हिँडेर मधेश झर्नुपर्थ्यो । कमाउन जाने कालापार (भारत) त झन् कहाँ पो नजिक हुनु ?
अभावको खाल्डोमा रुमलिरहेको गाउँ भए पनि सबैको आँखामा सपना बाँकी थियो । सपना बाँकी छउञ्जेल बाँच्ने चाहना पनि त हुँदो रहेछ ।
मेरी आमा पनि त्यही सपनालाई अंगालो हालेर त हामीलाई हुर्काइरहेकी थिइन् । घरमा थियौं-आबैसहित २ नाना म र बूढो बाजे ।
बा ५४ सालमै साउदी हिँडिसकेका थिए ।
टुकीको उज्यालोमा आमा खै के आफैंसँग गुनगुन गर्दथिन् । अहिले धुम्मिल धुम्मिल सम्झना आउँछ - आबै त्यतिबेला फगत गुनगुनाउँदोमात्र थिइनन् रहेछ । उनी त कालो पाटी हातमा लिएर कखरा र गुणन पढ्दै हुँदो रहेछिन् ।
उनको पालामा अहिलेकोजस्तो स्कुल हुन्थेन । पढ्ने रहर त थियो । तर कता जानु ? बिहे भयो पढ्ने बाटो बन्द भयो । तर बाटो बन्द हुँदैमा हजार रहर र सपनाका ढोकामा भोटे ताल्चा नलाग्दो रहेछ ।
आमालाई पढ्ने बेस्मारी रहर । त्यसैले त औँठा छापको बीचमा पनि उनी अन्कनाउँदै, डराउँदै, लजाउँदै र काँप्दै आफ्नो नाम लेख्थिन्, दलसरी ।
५९/६० को समय हुनुपर्छ सायद ! आफ्नै जन्म समय र मिति थाहा नभएको म मनुवालाई त्यो चलायमान समयको झन् के थाहा हुनु ? उमेर पुगेर पनि म स्कुल भर्ना भइसकेको थिइनँ ।
तर गजब कुरो के भने मलाई कखरा र गुणन सब्बै थाहा भइसकेको थियो ।
यसको श्रेय आबैलाई नै जान्छ ।
०००
गाउँमा कलम पुगेको थिएन । तर तत्कालीन माओवादी र सरकार पक्षको युद्ध पुगिसकेको थियो । घरघरबाट छापामार हुने क्रम रोकिएको थिएन । भलै त्यो जनयुद्धको उत्तरार्ध नै किन नहोस् ? सबै आउँथे हातमा हतियार बोकेर आउँथे ।
मैले कलमभन्दा पहिले हतियार समाएँ । अर्थात् बन्दुक । र यो मैलेमात्रै भोगेको थिएन । मेरोजस्तै धेरै समकालीन साथीहरुको बालापन यसैगरी बित्यो ।
मलाई लाग्छ त्यो बर्खाको समय थियो सायद - बाहिर पानी परिरहेको थियो । पानी परेकै कारण दैनिकी भइसकेको मसाल जुलुसमा गएनौं/भएन ।
त्यही रात भिज्दै भिज्दै माओवादी काकाहरु हाम्रो गाउँ पसे ।
उनीहरुले काँधमा भिरेर ल्याएको ठूलो र गह्रौं देखिने झोला एक ठाउँमा बिसाए । त्यही क्रममा एउटाले अर्कै सामान भूइँमा राख्यो । चकचके थिएँ - चुल्होको एक छेउमा बसिरहेको म मनभित्रको चकचकले लखेटेपछि खुर्र दौडेर समाउन पुगिहालें ।
हेर्दा हलुका तर, गह्रौं थियो त्यो । नसोधेर त्यसरी समाउन पुगेपछि धेरैले हकारे । आखिर के थियो त्यो ? तर समाउन रमाइलो लागेको थियो ।
धेरैपछि थाहा पाएँ- मैले समाएको त्यो बन्दुक रहेछ ।
त्यसपछिका दिनमा हामी केटाकेटीको माओवादी पुलिस खेलमा पनि काठकै बनाएर पनि हतियार समाउन छाडेनौं - ड्याम् ड्याम्....
(हामी माओवादी पुलिस खेल भनेर खेल्यौं । यो पनि धेरैछि थाहा पाएँ - आखिरमा त्यो खेलको पनि नाम रहेछ, चोर पुलिस । अर्थात् माओवादीलाई चाहिँ चोर बनाएका रहेछौं ।)
पछि गाउँमा फ्याट्टफुट्ट कलम पुग्न थाल्यो । कालापार र मधेश गएकाहरुले ल्याउन थाले । कसैले नजिकैको सुलिचौर बजारबाट पनि किनेर ल्याउँथे ।
त्यतिबेला कलम हुने साथीहरु कम्ता आकासका लाग्दैन थिए अहो !
अहिले सम्झँदा अचम्म लाग्छ, कलमभन्दा पहिले हतियार समाएका हामी । त्यो पक्कै पनि रहर थिएन । साँच्चै त्यो समय डरलाग्दो थियो । अबको कुनै पनि इतिहासमा कुनै केटाकेटीले बन्दुक उचालेर भविष्यको अनुहार हेर्नु नपरोस् ....

Comments
Post a Comment