लकडाउन डायरी ः सडकमा उभिएका खुट्टाहरु...
लकडाउन छ । तर, सडकमा हुलका हुल मान्छे देखिन्छन् । विश्व स्वास्थ्य संगठन भन्छ ः एकअर्काको सम्पर्कदेखि टाढा रहनू, भौतिक दूरी कायम गर्नू ।
तर, सडकमा मान्छे छन्, हुल बाँधेर बसेका छन् ।
फेरि सरकार भन्छ ः सडकमा हिँड्नेले लकडाउनको अपहेलना गरे । उलंघन गरे । सामाजिक दूरी कायम गरेका छैनन् । बेलाबेला प्रशासनको लाठी बर्सेको समाचार पनि नआएका होइनन् ।
सडकमा २ थरि मान्छे छन् ।
एकातिर छन् ः हातमा कुकुर दो¥याउँदै मर्निङ र इभिनिङ वाकमा निस्किएकाहरु ।
अर्कातिर छन् ः भोक, शोकले अत्तालिएर माइलौं दूर आफ्नो गाउँ फर्किन नांगा खुट्टामा हिँडिरहेका मजदुरहरु । उनीहरु आफ्नो भारीभन्दा गह्रौं मन लिएर उभिएका छन् ।
र, यही सडकमा निस्किएका मान्छेहरुको जमात यो वर्गीय समाजको एउटा ऐना पनि हो । यहाँबाट हामीले यो समाजलाई राम्ररी नियाल्न सक्छौं ।
यतिेबला सडकमा यहाँ शौखिनहरु पनि छन् । र, छन् बाध्यताको गह्रौं पहाड बोकेर हिँडिहेका निमुखा भूइँमान्छेहरु पनि ।
अन्ततः यो सहर हो । बजारले बसाएको र बनाएको सहर । यो बजारकै बाटो हो ।
बजारमा चल्ने सीर्फ नाफाघाटा हो । किनबेच हो । लगानी र प्रतिफल हो । यहाँ हरेक कुराको निश्चित मूल्य तोकिएको हुन्छ । त्यही मूल्यमा हिँड्न सक्ने बाँच्छ । नसक्नेहरु हरेक दिन ‘अलपत्र’ पर्छन् । यहाँका हरेक बाटामा भूइँमान्छेका पसिना छन्, आँसु छन्, रगतका बछिटा छन् ।
सहरमा त मृत्यु पनि महंगो हुन्छ, जुन खल्ती रित्तिएका गरिबले किन्न सक्दैनन् । गरिबहरुका भगवान पनि कहाँ हुन्छन् र ? यहाँका मन्दिरका ‘देउता’ दर्शन गर्न पनि महंगो टिकटपर्छ ।
एक पक्ष भनिरहेका छन् ः लकडाउन हो । जो जहाँ छ त्यहीं बस, आफ्नो घरमा बस ।
तर, सडकमा उभिएकाहरु कहाँ बस्ने ? सडकमै ? यो उत्तर उनीहरुसँग छैन । किनकी उनीहरु सँग घर छ, बंगला छ । जहाँको अग्लो सिसा झ्यालबाट थुक्दा पनि जमिनसम्म आइपुग्दा सुकिसक्छ ।
अभावले न्याकेका गर्धन बोकेर विवश हिँडिरहेछन् पाइलाहरु टाढाको बाटो । हिँड्छु भन्नेहरुलाई पनि सजिलो छैन, यो बाटोमा । ‘माथिबाटै’ उर्दी जारी गर्छ, ‘हे ! बाटोमा कोही नहिँड्नू..’
तर, अटेरी छन्, उनीहरु हिँडिरहेछन्, बस् .. हिँडिरहेछन् । दिनरात नभनी हिँडिरहेका छन्, रोकिएका छैनन् ।
पट्पटी फुटेका छन् पाइला । च्यात्तिएका छन्, जुत्ताचप्पलहरु । खनखनी पसिनाले निथु्रक्क भिजेको छ शरीर । रगतपच्छे हुँदै बाटो सोझिइरहेको छ गन्तव्यतिर । उनीहरु ‘लङमार्च’ मा छन् ।
यो हिँडाइ मर्निङ वाक, इभिनिङ वाक, वा वाक्क भएर हिँडिएको वाक जस्तो रहरको हिँडाइ होइन । यो बाध्यताको हिँडाइ हो । फुर्सद मिलाएर कुकुरलाई सार्वजनिक स्थानहरुका शौच गराउँदै हिँड्ने फुर्सदिला कहाँ छन् उनीहरु ?
हिँड्नेहरु कथा विभिन्न मिडियामा आइरहेका छन् । उनीहरुका कारुणिक अनुहार र झरेका आँसुले तातो पोलिरहेको छ । पीडानूभवले हृदय गह्रौं भइरहेको छ । मनभित्र पहिरो गइरहेको छ ।
सहरमा गाह्रो छ, त्यसैले उनीहरु गाउँ हिँडे – बाँच्न सहि, मर्न सहि ः यो उनीहरुको नैसर्गिक अधिकारको कुरा न हो । नागरिकको अधिकार न हो । आखिर यो माटो उनीहरुको पनि त हो सालनाल गाडिएको ।
सहरका धनाढ्य कुवेरहरु कुकुरलाई काखमा सुताएर हातमा सामाजिक सञ्जालमै तिनै गाउँ फर्किनेहरुको ‘कथा’ पढिरहेछन् । ‘गोही स्वभाव’ देखाइरहेछन् । हो, शौखिनहरुको सहरमा कुकुर घरभित्र बस्छ, मान्छे सडकमा । यो घरघरैघरले भरिएको सहर हो । यहाँ मानवता तिनै ठूला बिल्डिङका कुनै भागमा वर्षौंदेखि थिंच्चिको छ ।
रातदिन, घामपानी, हावाहुरी सहेर जब मजदुरहरु गाउँ पुग्छन्, त्यहाँ लागेको हुन्छ तगारो । हुलका हुल बाँधिएर उनीहरु फलाकिरहेका हुन्छन्, ‘बाटोमा हिँड्नेहरु भाइरस लिएर गाउँ फर्किन्छन् ।’
तर, भाइरस भूइँमान्छेको शरीरमा होइन, बाटो छेक्नेहरुको मानसिकतामा छ । शरीरको भाइरसले व्यक्ति सिध्याउला । तर, मानसिकतामा भएको भाइरसले समाज सिध्याउँछ । मानवीयता सिध्याउँछ । जहाँ मानवीयताको अन्त्य हुन्छ त्यहींत्यहींका बाटामा लाग्ने हुन्, तगारो ।
संकटको बेला चाहिने धन होइन, हृदय हो । जुनदेखि यो सहरका कुवेरहरुले बुझ्नेछन्, त्यो दिन कोही सडकमा हुने छैनन् । कोहीका आँसु अभाव र भोकले झर्ने छैन । कोही नांगा खुट्टाले कोशौं दूरको यात्रा नाप्ने छैनन् । जहाँ छन्, त्यहीं सुरक्षित महसुस गर्नेछन् । लकडाउनको सुरक्षित पालना गर्नेछन् ।
वास्तवमा सहरका यी कुवेरहरुका पनि राजा ती हुन्, जो सत्ताको खाँदिलो गद्दीमा बसेका छन् । संकटको बेला आफ्नो दूनो सोझ्याउन लागिपरेका छन् ।
भूइँमान्छे त उहिले पनि सडकमै थिए र अहिले पनि सडकमै छन् । थाहा छैन, कहिलेसम्म उनीहरु सडकमा यसरी सरकारको आदेशलाई ‘अपहेलना’ र ‘उलंघन’ गर्दै सडकमा हिँडिरहने हुन् ? थाहा छैन, उनीहरुको खुट्टा कहिलेसम्म यो सडकमा रहिरहने हो ?

०००

Comments
Post a Comment