नपठाइएको प्रेमपत्र
विकास रोकामगर
प्रिय स्मृति,
सब ठीकठाक थियो । भत्केको हृदयलाई उहिल्यैजस्तो नबनाएपनि केही त जिर्णोद्धार गरेको थिएँ । आधाउधी बिर्सिसकेको थिएँ – त्यो पे्रम, त्यो सम्बन्ध, त्यो बिछोड र ती अथाह पीडाका कथाहरुलाई ।
बाँचेकै थिएँ । हाँसेकै थिएँ । धेरैधेरै समय लगाई लाशजस्तो भइसकेको आफूलाई फेरि मान्छे बनाएको थिएँ । भर्खर त निस्कन थालेको थिएँ – बन्द कोठाबाट । र, उनीहरुसँग बातचितमा भुलाउन लागेको थिएँ आफूलाई ।
धेरै समय लाग्यो – यहाँसम्म आइपुग्न । थाहा छ अझै टाढा पुग्नु छ .... त्यसका लागि आफूलाई जसरी हो ठीकठाक बनाउँदै लगिरहेको थिएँ ।
सब ठीकठाक चल्दै थियो ।
र, यसैबेला तिमी फेरि आयौ र सोध्यौ, ‘सञ्चै छौ ?’
अब म कसरी भनूँ, ‘ठीकै थिएँ । फेरि भत्किएँ ।’
०००
सोचिरहेछु – छोडिहिँडेको तिमीले बरु बिर्सिहिँडेको भए पनि हुन्थ्यो । मनका अनेक अनेक सम्झनाका किस्साहरुलाई मारिहिँडेको भए पनि हुन्थ्यो ।
अथवा, गइसकेकी तिमी – यसरी कहिल्यै नआइदिएकी भए पनि हुन्थ्यो । आएपनि यसरी यो अवस्थामा आइपुगेर मेरो हालचाल नसोधी दिए पनि हुन्थ्यो । नबोली दिए पनि हुन्थ्यो ।
तर, सोचेजस्तो भएन । तिमी आयौ पनि । बोल्यौ पनि । र, मेरो हालखबर सोध्यौ पनि ।
नचाहेका सबै चिज एकैचोटी हृदयमा प्रहार भइसकेपछि कसरी भनूँ ‘हो म ठीकै छु तिमी बिना ।’
मनमा एकतमास वेगवान हुरी चलिरहेछ । तर, एकदम तातो र सुख्खा । हृदयमा चलेको यो हावाले पोलिरहेछ दैनिकीलाई । घाइतेजसरी बाँचिरहेछु ।
त्यो पहिलो फेसबुकमा कुराकानी । सुभेच्छाका शब्दहरु आदानप्रदान । त्यो पहिलो भेट । त्यो प्रेम । त्यो स्पर्श । त्यो अंगालो । त्यो चुम्बन । त्यो समय । त्यो साथ । र, त्यसबेला सँगसँगै चालेका पाइला......
मनमा फेरि बेचैनी भइरहेछ ।
सम्बन्धमा पहिरो खसिकेपछि प्रेमको पहाड सधैं उँचो भइरहँदैन । सम्बन्धको जग विश्वास हो । जीवनको लामो यात्रामा सँगसँगै हिँड्ने त भन्यौं – तर, विश्वासलाई कुनै दोबाटोमा छोडिसकेछौं ।
हामीबीच विश्वास बाँकी रहेन ।
एक्लेअर्कालाई शंकाको सानो परिधिमा बाँध्न थालेछौं । प्रेम सधैं निश्वार्थ हुन्छ । तर, प्रेमीहरु सधैं शंकालु हुन्छन् । हामीबीच शंका पैदा भयो ।
तर, त्यो शंका स्वीकारेर सम्बन्धतिरै फर्किएकोमात्रै भए पनि अन्तिम क्षणमा हामीसँग विश्वास बाँकी हुन्थ्यो । तर, गल्ति ग¥यौं – न शंकालाई स्वीका¥यौं न शंकादेखि टाढा भाग्न सक्यौं ।
प्रेम माफी पनि हो । यसको अर्थ बृहत छ । न तिमीलाई थाहा छ यसको दर्शन न मलाई थाहा छ । तर, हामीले प्रेम माफी पनि हो भनेर बुझेनौं – अर्को गल्ति ग¥यौं ।
सम्बन्धमा बारबार गल्ति गरिरहनु जायज होइन । यसले पीडा दिन्छ ।
एकदिन हामी सधैं भेटिने भञ्ज्याङमा तिमी भटिइनौं । लाग्यो कुनै जरुरी काममा फस्यौ होला ! कुनै आपत आइलाग्यो होला । तर, त्यस्तो केही होइन रहेछ । न तिमी काममा व्यस्त थियौ न आपतको भुमरीमा रुमल्लिरहेको ।
धेरै धेरैपछि थाहा पाएँ – तिमी सम्बन्धदेखि टाढा भइसकेकी रहिछौ ।
तिमी गइसकेको थाहा पाएको रात बेस्मारी रोएको थिएँ ।
निधारमा दुख बोकेर जन्मेको मान्छेका लागि प्रेम पनि दुखकै परिभाषा बोकेर उभिँदो रहेछ । नियतिलाई दोष दिनु सिवाय मसँग अर्को उपाय बाँकी रहेन ।
सोचें, ‘अब घर छोड्छु । र, एक्लो बाँँच्छु ।’ तर, फेरि पनि गलत भएँ ।
यादको परिधि यो पृथ्वीभन्दा ठूलो हुँदो रहेछ । म जता पुग्न चाहन्थे म पुग्नु अगावै पुगिसक्थ्यो तिम्रो सम्झनाको जुलुश । र, पहिल्यै चलिसक्थ्यो यादको शीतलहर । जता पुगेपनि म निथु्रक्क भिजेर आइपुग्थें ।
म तिमीदेखि होइन । याद र सम्झनाका वर्षातबाट होइन – आफैंदेखि भागिरहेको रहेछु । थाकें । कठोर दिल बनाएँ । आफूलाई सम्हालें । ज्युँदो बनें । आफूलाई लाश भइरहन दिइनँ । खस्न दिइनँ पश्चातापको पहाड । भत्कन दिइनँ मौनताको बाँध ।
फेरि तिमी यहीबेला आएकी छौ र सोधिरहेकी छौ हालखबर ।
कसरी भनुँ र !
प्रिय स्मृति,
तिमी बिना यहाँ म एक्लोपनलाई निरस अंगालो हालेर बसेको छु .......

Comments
Post a Comment