जब घरदेशको याद आउँछ....
कुनै एक्लो भञ्ज्याङमा बसेको हुन्छु एक्लै एक्लै ।
चराका मधुर गीत आइरहेकै हुन्छ । नजिक तर आँखाभन्दा प...र कतै खोला पनि सुस्साइरहेको हुन्छ । घरीघरी चल्छ चिसो हावा । चिसो हावाको झोंकामा आफूलाई भुलाउने दुस्प्रयासमा म हुन्छु ।
मलाई एक्लोपनको आभास भइरहेको हुन्छ ।
‘किन यसरी टोलाएको ?’ अकस्मात कोही आउँछ र सोध्छ । अपरिचित छ अनुहार । तर, पनि लाग्छ कि कतै त देखेको छु । कतै त भेटेको छु । कुनै चिया÷कफी भेट या अन्यत्रै ?
‘होइन यत्तिकै । यहाँको चिसो हावा धेरै मन प¥यो,’ केही क्षणका लागि ऊसँग झूट बोल्छु ।
‘होइन होला !’ ऊ पत्याउँदैन, ‘तँ कसैको यादमा छस् ?’
(सायद उसले सोचेको उत्तर ‘प्रेमिका या केही हराइगएको चिज’ हुनसक्छ ।)
तर, मैले भनिदिएँ, ‘होइन घरको याद आयो ।’
‘आमाको माया लाग्दैन ?’ ऊ फेरि केही अघि बढ्न खोज्छ ।
‘आमा हुनुहुन्छ र त घर छ । घर छ र त सम्झना छ । सम्झना छ र त यो परदेशजस्तो सहरमा एक्लो एक्लो आभास बाँच्दैछु....’
...
.....
.......
धेरै भए गफ । उसले छुटिन्छु भन्यो । मैले हुन्छ भनें । न उसले मेरो परिचय सोध्यो । न मैले उसको परिचय सोधें । सायद दुवैलाई लागेको हुनुपर्छ, ‘कहीं न कहीं त हाम्रो भेट भएको छ । गफ भएको छ । कुनै चिया÷कफी भेट या अन्यत्रै ?’
ऊ गइसक्यो । अँध्यारो छिचोल्दै छिचोल्दै हिँड्यो । भञ्ज्याङबाट टाढा पुग्यो र अँध्यारोमै कहीं बिलायो । ऊसँगै अघि भर्खर गुन्गुनाइरहेका चराका गीत गयो । खोलाको संगीत गयो । प्रेमिल हावाको स्पर्श गयो । ...... हेर्दाहेदै, बस्दैकस्दै त्यो भञ्ज्याङ पनि त गयो,,,,,,, जहाँ म उभिएको थिएँ ।
तर.... उसको अनुहार गएन । केही गरी गएन । फनफनी आँखामा घुमिरह्यो । ‘आखिर को थियो त्यो जसले मेरो व्यक्तिगत कुरा खोतलेर फरार भयो ?’
उठ्दा ओछ्यानमा थिएँ । तर, सपनाको ह्याङबाट उठ्न सकिरहेको थिएनँ । बेस्सरी टाउकोमा प्रेसर पर्ने गरी सोचें, ‘त्यो वार्तालापमा उभिएको केटो आखिर मै थिएँ.....’
धेरै भएको थियो आमासँग कुरा नगरेको । सायद आत्तिनु भएछ । छोरा पो घर बिर्सन सक्छ । आँगन बिर्सन सक्छ । धेरथोक बिर्सन सक्छ । तर, आमा ? सन्तान कसरी बिर्सनु ? हातमा मोबाइल थियो । सपना देखेकै दिन‘आबै’ नामबाट फोन घन्टी बजिरहेको थियो ।
आमा र छोराको फोनवार्ता यसरी सुरु हुन्छ । यसरी सकिन्छ ।
‘हेल्लो आबै !’
‘कहाँ छस् कोठा मै ?’
‘होइन अफिस मै छु ।’
‘यतिबेलासम्म ? कतिबेला कोठा फर्कन्छस् ?’
(आमाले समयबारे कुरा गरिसकेपछि धेरै अबेर भइसकेछ कि के हो भन्ने सोच्छु । आँखाअघि खुला ल्यापटपमा आँखा दौडाउँछु । भर्खर त साँझको साढे छ बजेको छ । फेरि बाहिर हेर्छु.... रात परिसकेको छ ।
यो पुसमाघको समय यस्तै हो । ५ नबज्दै घाम न्यानो खोज्दै पश्चिम डाँडो टेकिहाल्छ । र धर्तीमा पूरा अँध्यारो छाइहाल्छ । सोचें, ‘आमाको भनाइ सही हो ।’)
‘अझै काम छ । त्यो सकेरमात्रै फर्किन्छु । आज त छिट्टै सकिन्छ होला । कहिलेकाहीं त ९÷१० पनि बज्छ ।’
‘सञ्चै छस् ?’
‘हजुर । अनि तपाईं ।’
‘के सञ्चो भन्नु के बिसञ्चो भन्नु ? चिसोले हैरान कटायो । बारीमा तोरी सकिसक्यो । घरमा कोही छैनन् । म पनि भर्खर बारीबाटै फर्किएँ । थाकेर अँगेनामा आगो ताप्दै गर्दा तँलाई फोन गरेको हुँ ।’
‘अनि अरु खोई र ?’
‘तेरो बाबा र दिदीहरु घोराही । तेरो बाजे ख्वै कता छन्, थाहा भएन ।’
‘ए ए खाना पाक्यो ?’
‘छैन पकाउँदै छु । अनि तँ घर आउने बाटो बिर्सिस् कि साँच्चै तेरो अफिसबाट विदा नमिलेको हो ? माघमा त घर आउँछस् नि ?’
आमाको प्रश्नले मन च्वास्स... घोंच्छ । सम्हालिँदै उत्तर दिन्छु, ‘होइन बिर्सेको । माघमा घर आउँछु ।’
‘कति दिनको विदामा ?’
‘थाहा छैन । अफिसमा सोध्नुपर्छ । एकहप्ता पनि दिँदैनन् होला । आफ्नोमात्रै हेर्छन् । के गर्नु जागिर गरेको छु । उनीहरुको पो यहाँ नजिकै घर छ । बुझ्दैनन् के आबै !’
....
.....
.....
केही बेर कुरा लम्बिन्छ । र अन्तिममा भन्नुहुन्छ, ‘ल ठीक छ । यसपाली अलि धेरै विदा मिलाएर आएस् । सँगै परिवार राम्रोसँग नबसेको पनि धेरै भएछ । मलाई त यहाँ एक्लै न्यास्रो लागिसक्यो ।’
घरतिर चिस्सो भस्मै बढेछ । लगाएका अन्नबाली चिसोले नै सकेछ । भनेको थिएँ, ‘म आउँछु । घरको साग राखिदिनू ।’
उत्तरमा एकछिन हुइँया गर्दै भन्नुभयो, ‘सक्यो त जम्मै तुषारापातले । तर पनि बचेको केही तेरैलागि भयो ।’
एक्लै हुनुहुन्छ घरमा अचेल आबै । बारीमा तोरी सुकेर काट्ने बेला पनि यही हो । भ्याइनभ्याई चल्दैछ । यहीबेला छोरो छ – परदेशजस्तो सहरमा । र आफैंलाई ढाँट्दै फलाक्दै छ, ‘तपाईंको छोरो सहरमा प्रगति गर्दैछ ।’
खासमा सम्झिरहेछु – त्यो घर, त्यो आँगन, त्यो माया, त्यो साथ र त्यो कहिल्यै फर्किनआउने बालापन.....
(कति निरस र एक्लो भएछु कि
अचेल त सपनामा पनि देखिन्छु – एक्लै उभिएको
......कुनै अनकन्टार एक्लो भञ्ज्याङमा .. )
चराका मधुर गीत आइरहेकै हुन्छ । नजिक तर आँखाभन्दा प...र कतै खोला पनि सुस्साइरहेको हुन्छ । घरीघरी चल्छ चिसो हावा । चिसो हावाको झोंकामा आफूलाई भुलाउने दुस्प्रयासमा म हुन्छु ।
मलाई एक्लोपनको आभास भइरहेको हुन्छ ।
‘किन यसरी टोलाएको ?’ अकस्मात कोही आउँछ र सोध्छ । अपरिचित छ अनुहार । तर, पनि लाग्छ कि कतै त देखेको छु । कतै त भेटेको छु । कुनै चिया÷कफी भेट या अन्यत्रै ?
‘होइन यत्तिकै । यहाँको चिसो हावा धेरै मन प¥यो,’ केही क्षणका लागि ऊसँग झूट बोल्छु ।
‘होइन होला !’ ऊ पत्याउँदैन, ‘तँ कसैको यादमा छस् ?’
(सायद उसले सोचेको उत्तर ‘प्रेमिका या केही हराइगएको चिज’ हुनसक्छ ।)
तर, मैले भनिदिएँ, ‘होइन घरको याद आयो ।’
‘आमाको माया लाग्दैन ?’ ऊ फेरि केही अघि बढ्न खोज्छ ।
‘आमा हुनुहुन्छ र त घर छ । घर छ र त सम्झना छ । सम्झना छ र त यो परदेशजस्तो सहरमा एक्लो एक्लो आभास बाँच्दैछु....’
...
.....
.......
धेरै भए गफ । उसले छुटिन्छु भन्यो । मैले हुन्छ भनें । न उसले मेरो परिचय सोध्यो । न मैले उसको परिचय सोधें । सायद दुवैलाई लागेको हुनुपर्छ, ‘कहीं न कहीं त हाम्रो भेट भएको छ । गफ भएको छ । कुनै चिया÷कफी भेट या अन्यत्रै ?’
ऊ गइसक्यो । अँध्यारो छिचोल्दै छिचोल्दै हिँड्यो । भञ्ज्याङबाट टाढा पुग्यो र अँध्यारोमै कहीं बिलायो । ऊसँगै अघि भर्खर गुन्गुनाइरहेका चराका गीत गयो । खोलाको संगीत गयो । प्रेमिल हावाको स्पर्श गयो । ...... हेर्दाहेदै, बस्दैकस्दै त्यो भञ्ज्याङ पनि त गयो,,,,,,, जहाँ म उभिएको थिएँ ।
तर.... उसको अनुहार गएन । केही गरी गएन । फनफनी आँखामा घुमिरह्यो । ‘आखिर को थियो त्यो जसले मेरो व्यक्तिगत कुरा खोतलेर फरार भयो ?’
उठ्दा ओछ्यानमा थिएँ । तर, सपनाको ह्याङबाट उठ्न सकिरहेको थिएनँ । बेस्सरी टाउकोमा प्रेसर पर्ने गरी सोचें, ‘त्यो वार्तालापमा उभिएको केटो आखिर मै थिएँ.....’
०००
आमा र छोराको फोनवार्ता यसरी सुरु हुन्छ । यसरी सकिन्छ ।
‘हेल्लो आबै !’
‘कहाँ छस् कोठा मै ?’
‘होइन अफिस मै छु ।’
‘यतिबेलासम्म ? कतिबेला कोठा फर्कन्छस् ?’
(आमाले समयबारे कुरा गरिसकेपछि धेरै अबेर भइसकेछ कि के हो भन्ने सोच्छु । आँखाअघि खुला ल्यापटपमा आँखा दौडाउँछु । भर्खर त साँझको साढे छ बजेको छ । फेरि बाहिर हेर्छु.... रात परिसकेको छ ।
यो पुसमाघको समय यस्तै हो । ५ नबज्दै घाम न्यानो खोज्दै पश्चिम डाँडो टेकिहाल्छ । र धर्तीमा पूरा अँध्यारो छाइहाल्छ । सोचें, ‘आमाको भनाइ सही हो ।’)
‘अझै काम छ । त्यो सकेरमात्रै फर्किन्छु । आज त छिट्टै सकिन्छ होला । कहिलेकाहीं त ९÷१० पनि बज्छ ।’
‘सञ्चै छस् ?’
‘हजुर । अनि तपाईं ।’
‘के सञ्चो भन्नु के बिसञ्चो भन्नु ? चिसोले हैरान कटायो । बारीमा तोरी सकिसक्यो । घरमा कोही छैनन् । म पनि भर्खर बारीबाटै फर्किएँ । थाकेर अँगेनामा आगो ताप्दै गर्दा तँलाई फोन गरेको हुँ ।’
‘अनि अरु खोई र ?’
‘तेरो बाबा र दिदीहरु घोराही । तेरो बाजे ख्वै कता छन्, थाहा भएन ।’
‘ए ए खाना पाक्यो ?’
‘छैन पकाउँदै छु । अनि तँ घर आउने बाटो बिर्सिस् कि साँच्चै तेरो अफिसबाट विदा नमिलेको हो ? माघमा त घर आउँछस् नि ?’
आमाको प्रश्नले मन च्वास्स... घोंच्छ । सम्हालिँदै उत्तर दिन्छु, ‘होइन बिर्सेको । माघमा घर आउँछु ।’
‘कति दिनको विदामा ?’
‘थाहा छैन । अफिसमा सोध्नुपर्छ । एकहप्ता पनि दिँदैनन् होला । आफ्नोमात्रै हेर्छन् । के गर्नु जागिर गरेको छु । उनीहरुको पो यहाँ नजिकै घर छ । बुझ्दैनन् के आबै !’
....
.....
.....
केही बेर कुरा लम्बिन्छ । र अन्तिममा भन्नुहुन्छ, ‘ल ठीक छ । यसपाली अलि धेरै विदा मिलाएर आएस् । सँगै परिवार राम्रोसँग नबसेको पनि धेरै भएछ । मलाई त यहाँ एक्लै न्यास्रो लागिसक्यो ।’
०००
घरतिर चिस्सो भस्मै बढेछ । लगाएका अन्नबाली चिसोले नै सकेछ । भनेको थिएँ, ‘म आउँछु । घरको साग राखिदिनू ।’
उत्तरमा एकछिन हुइँया गर्दै भन्नुभयो, ‘सक्यो त जम्मै तुषारापातले । तर पनि बचेको केही तेरैलागि भयो ।’
एक्लै हुनुहुन्छ घरमा अचेल आबै । बारीमा तोरी सुकेर काट्ने बेला पनि यही हो । भ्याइनभ्याई चल्दैछ । यहीबेला छोरो छ – परदेशजस्तो सहरमा । र आफैंलाई ढाँट्दै फलाक्दै छ, ‘तपाईंको छोरो सहरमा प्रगति गर्दैछ ।’
खासमा सम्झिरहेछु – त्यो घर, त्यो आँगन, त्यो माया, त्यो साथ र त्यो कहिल्यै फर्किनआउने बालापन.....
(कति निरस र एक्लो भएछु कि
अचेल त सपनामा पनि देखिन्छु – एक्लै उभिएको
......कुनै अनकन्टार एक्लो भञ्ज्याङमा .. )
विकास रोकामगर
Comments
Post a Comment