युद्ध अचेल फूल बेच्छ...
लेकसाइडमा एक साँझ ।
घाम पञ्चासे डाँडा छुँदै धर्ती छोड्ने तयारीमा छ । तर, उसले विशाल फेवातालभरि फालेको पहेंलो रङले समय नै रंगीन भएको दृश्य देखिन्छ । त्यही लेकसाइडको पैदलमार्गमा एउटा केटा कहिले माथि कहिले तल गरिरहेको छ ।
र, उसले दाहिने हातमा समाएको छ – पुष्पगुच्छा ।
उसको हातमा रातो गुलाफका फूल छन् । ऊ तिनै गुलाफका फूल लेकसाइडको पैदलमार्गमा टहल्लिन आइपुगेको पर्यटकलाई बेच्ने प्रयास गरिरहेको छ । आँखाभरिको फेवाताल, डुब्दै गरेको घामको पहेंलपुर रङ र उसले दायाँ हातमा रातो गुलाफ समाएको दृश्य ।
अहो ! कति प्रिय छ ।
फोटोग्राफर फोटो खिचोस्, कवि कविता लेखोस्, गीतकार गीत चुनोस्, प्रेमी प्रेमिका सम्झिोस् एउटा दुखी मान्छे जिजीविषा भेटोस्......
कुनै जबर्जस्ती छैन । उसको अनुहारमा विनम्रता छ । ओठमा मुस्कान छ । भनिरहेको छ, ‘एउटाको जम्मा सय रुपैयाँ हो । लैजानुस् न । कति राम्रो छ ।’
ऊ त्यही हातको गुलाफको फूल बेच्दाबेच्दै ठोक्किन आइपुगेको हो – मसम्म ।
‘एउटा फूलको कति हो नि ?’ मूल्य सुनिसकेको छु । तर, पनि फूल बेचिरहेको मान्छेसँग बोल्ने चाहनाले डो¥याउँछ र सोध्छु । ऊ अघि सुनेकै कुरा सुनाउँछ, ‘एउटाको जम्मा सय रुपैयाँ.......’
काठमाडौंदेखि एउटा कार्यक्रमका लागि पोखरा आएको हुँ । कार्यक्रम सुरु हुन अझै ३ घन्टा बाँकी थियो । प्रिय सहरको पहिलो नम्बरमा उभिने ठाउँ हो पोखरा । कति चोटी आएँ यहाँ ? गन्न त छोडिसकें । तर, पनि प्रत्येक पटक यहाँ आउँदा लाग्छ – हिजोअस्तिभन्दा झन् नयाँ बन्यो पोखरा ।
तलाउ या हिमाल देखिने पहाडतिर क्यामेरा तेस्र्याउँदै कहिलेकाहीं साथीहरुलाई सुनाउँछु – ‘यो पोखरामा म दृश्य खिच्न होइन, समय खिच्न मन पराउँछु ।’
हुन पनि पोखरा त्यस्तै थियो – घरि प्रचण्ड गर्मी, घरि शीतल बतास, घरि कालो बादल र घरि नपट्याउँदो गरी झरी । र पनि यी सबै मौसम एकै दिनमा हुन्छन् ।
मसँग ३ घन्टाको खाली समय छ ।
के गर्ने त खाली समयमा ? फेसबुकमा स्टाटस् ? ट्विटरमा ट्विट÷रिट्विट ? इन्स्टाग्राममा फोटो वा युट्युबमा पुराना हिन्दी गीत ? तर यी सब मेरो योजनामा पर्दैनन् । सामुन्ने गजबको उपाय थियो – ती फूल बेच्ने साथीसँग कुरा गर्छु । जसको बायाँ हात छैन ।
‘तपाईंको घर कता हो ?’
‘रोल्पा हो हजुर । तर पोखरा बस्न थालेको धेरै वर्ष भइसक्यो ।’
‘अनि परिवारसँगै कि एक्लै ?’
‘एक्लै हो हजुर । परिवार छैन ।’
‘तपाईंको नामचाहिँ ?’
‘विनोद...’
ख्याउटे अनुहार । पातलो शरीर । विवशता र निराशताले आँखामा कालो दाग देखिन्छ । लाग्छ– उनी ठूलै तनावको जञ्जालमा घेरिएका छन् ।
तर, पनि गुलाफको फूल बेच्छन्, मुस्कुराउन छोड्दैनन् ।
दश वर्षे जनयुद्धताका म पनि एक पटक रोल्पा पुगेको थिएँ । पत्रकारिता पेशा अंगालेकाले ‘मालिक’ले मलाई रिपोर्टिङका लागि रोल्पा खटाएको थियो । काठमाडौंको मान्छेलाई रोल्पा पठाउनुको एउटै कारण थियो, ‘यो मुला रिपोर्टर बाँच्दाभरि मिडियामा अरुको समाचार दिन्छ । ऊ मरेको भोलिपल्ट पनि एउटा समाचार पक्का बन्छ ।’
डरको बीचमा उभिएर बाँच्नु पो बाँच्नु । सहजै भेटिएका समाचार पनि के समाचार ? ‘हुन्छ सर म जान तयार छु....’ सहजै प्रस्ताव स्वीकार गरें र त्यसको भोलिपल्टै रोल्पा हानिएको थिएँ काठमाडौंबाट ।
\
बाटोमा सेनाका चेक हुन्थ्यो । ती चेकपोस्ट पार गर्नु पनि एउटा युद्ध जिते बराबरको खुसी मिल्थ्यो । जागिरका लागि गएको मान्छे सहिद भएर फर्किऊँला कि भन्ने डर पनि मनमा नभएको होइन । तर, आफैं कार्यरत मिडियामा रोल्पाको नाम सयौं चोटी आएकाले त्यता जान उत्सुक थिएँ म । उत्सुकता तर, डरले भरिएको । आशंका र भयले छोपिएको ।
०००
रोल्पा पुगेको केही दिनपछि एउटा लडाकुसँग भेट भएको थियो । उमेर त्यस्तै १४÷१५ आसपासमा थियो । नाम रहेछ, कमरेड युद्ध... ।
रिपोर्टिङ दौरान लामो समय सँगै बिताइयो । तर, हाम्रो मित्रता एकदम गोप्य थियो । खुब मित्रता जम्दा पनि आफ्नो खास नाम कहिले खुलाएन । भन्थ्यो, ‘आफ्नो नाम कसैलाई नभन्नु भन्ने माथिको आदेश छ ।’
ऊ त तत्कालीन देश(वि)द्रोही पक्षका लडाकु थियो । पत्रकारसँग मित्रता गरेको कुरा छुस्स बाहिर गएमात्रै कारबाहीमा पर्ने प्रबल सम्भावना थियो । र एउटा विद्रोही पक्षसँग मित्रता गाँसेको थाहा पाए मेरो पनि बाँच्ने कुनै ‘चान्सेस’ हुने थिएन ।
त्यतिबेला उसलाई सोधेथें, ‘किन यति कलिलै उमेरमा हतियार उठाएको ?’
‘दाजुहरुले यही गरे । साथीहरुले यही गरे । भाइहरुले पनि गर्नेवाला छन्,’ उसको जवाफ थियो, ‘हतियार नउठाए त मर्नुपर्छ । बाँच्नका लागि हतियार उठाएको हुँ ।’
तत्कालीन दशवर्षे जनयुद्धको नराम्रो पक्ष त्यही थियो, कि सत्ता पक्ष हुनुपर्ने कि विद्रोही पक्ष । मानवता पक्ष त कोही नउभियोस्...!
जनयुद्धमा होमिएका कैयौं कमरेड युद्धहरु केका लागि हतियार उठायौं ? भन्ने पनि थाहा थिएन । तर, भन्थे, ‘हाम्रो पालो आउँछ । हामीलाई दबाउने कोही हुनेछैनन् । घरमा घुसेर हाम्रा बाआमालाई मरणासन्न हुने गरी कुट्ने कोही हुनेछैनन् ।’
कमरेड युद्ध मसँग छुटिने अघिल्लो साँझ खुब दुखी भएकोे थियो ।
‘...ब्यारेक आक्रमणमा जाँदैछौं । मर्छौं कि मार्छौं थाहा छैन । तर, मैले तपाईंलाई विश्वासले भनेको हुँ बाहिर नभन्नु है !’ अंगालो हाल्यो । गोल्डस्टार जुत्ताको तुना बेस्सरी कस्यो । झोलामा आफूलाई चाहिने हतियार मिलाएर राख्यो ।
त्यसपछि रणमैदानमा भाग्यलाई अघिअघि दो¥याउँदै दो¥याउँदै त्यहाँबाट ओझेल प¥यो..... ।
र त्यसको ठीक २ हप्तापछि उसको मृत्युको खबर आयो । अहिले पनि बेलाबेला उसको खुब याद आउँछ । तर, लामो समय भइसकेकाले धुम्मिल छ अनुहारको आकार । यादमा आउने एउटै चिज छ – कमरेड युद्ध । रातो रुमाल, कम्ब्याट पोशाक, गोल्डस्टार जुत्ता आदिआदि..
०००
म पनि रोल्पा गएको छु नि !’ ती फूल बेच्ने साथीलाई केही बेरको मौनतापछि क्रमभंग गर्दै आफैं सुनाए ।
‘कहिले ?’
‘५४ सालमा’
‘रोल्पा कुन ठाउँ ?’
‘जेल्बाङ’
‘तपाईं पत्रकार हो ?’ ऊ अकमक्किन थाल्छ । बोल्नै थालेको हुन्छु, आफैं भन्छ, ‘तपाईं विवेक होइन ?’
अघि भर्खरसम्म अक्मकिएको ऊ थियो । तर, अब पालो मेरो थियो । कसरी थाहा पायो उसले मेरो नाम ? कतै भेट भएको थियो ? यदि हो भने किन याद आइरहेको छैन मलाई उसको अनुहार ? किन ५४ सालको कुरा जोडेपछि उसले मलाई चिन्यो ? एकछिन अक्मकिइरहें ।
‘म कमरेड युद्ध.......’ ऊ विस्तारै मौनतालाई आफैं चि¥यो ।
त्यसपछि केहीबेर म उसलाई नजिकबाट नियाल्दै अक्मकिरहें ।
घाम धर्ती छोडिसकेको थियो । फेवातालको बीचमा रहेको बाराही मन्दिरमा उज्यालो बत्ती बल्न थालिसकेको थियो र पूरै लेकसाइडभरि पनि । बाराही घाटमा सन्ध्या आरती सुरु हुन लागिसकेको थियो ।
०००
कमरेड युद्ध उर्फ विनोद त्यस आक्रमणमा घाइतेमात्रै भएको थियो ।
४ जना दुश्मनलाई ढालेपछि पछिबाट आएको गोलीले उनको बाँया हात छुँदै बाहिरियो । एकछिनका लागि सारा संसार अँध्यारो भयो । हेर्दाहेर्दै सम्पूर्ण दृश्य मधुर बन्न थाले । साथीहरुको चिच्याइ विस्तारैविस्तारै नेपथ्यबाट आएको आवाजजस्तो सानो सानो हुँदै गयो ।
त्यसपछि उसलाई त्यहाँ के भयो थाहा छैन ।
ठीक त्यही मौकामा बाँकी कमरेडले जिल्लामा खबर पठाए, कमरेड युद्ध सहिद हुनुभो ....।
उसको होश खुल्दा त्यहाँ पंक्तिबद्ध लाश सुतेका थिए । कोही परिचित, अपरिचित । तर त्यहाँ लाशको दुर्गन्ध अथाह आइरहेको थियो । आफूलाई पनि राम्रोसँग नियाल्यो । बाँया हात टेकेर उठ्न खोज्दा थाहा भयो, बायाँ हातमा गोली लागेर चोट लागेको रहेछ । सहनै नसक्ने गरी अझै दुखिरहेको थियो ।
कसरी खबर गर्ने साथीहरुलाई ? उसँग कुनै उपाय थिएन ।
कमरेडहरु सबै भूमिगत थिए । आफूसँग भएका सबै साथीहरुको लाश उसँगै सुतेका छन् । हैरानीमा प¥यो । तर, आश मारेन । घस्रिएरै भएपनि त्यहाँबाट बाहिरिने योजना बनायो ।
करिब २ हप्तापछि दाङ आइपुग्यो । उपचारका लागि एउटा अस्पताल पुग्यो । तर, सुरक्षाको कारण देखाउँदै उपचार गर्न सक्दैनौं भन्ने जवाफ पाएपछि ऊ लखनाउ जाने भयो । लखनाउ पुग्दा महिना दिन भइसकेको थियो । र बायाँ हात काम नलाग्ने...।
हेर्दाहेर्दै बायाँ हात गुम्यो । बन्दुकको नाल समाउने हात गयो । अब कमरेड युद्ध युद्धका लागि सक्षम भएन । सोचेको थियो, ‘उनीहरुले भनेर त म युद्धमा होमिएँ । त्यही युद्धमै त हो मेरो हात गुमेको । कुनै व्यवस्था कस्सो नगर्लान् र ?’ यही आश बोकेर नेपाल फर्कियो ।
तर उसले सोचेको जस्तो भएन । पार्टीले उसलाई चिन्न छोड्यो ।
घरमा जाऊँ ? कोही थिएनन् । सबै त युद्धमै मारिएका थिए । बचेको ऊमात्रै त थियो । सम्भावनाका सबै ढोका ढक्ढक्याउँदा पनि नखुलेपछि उसले आत्महत्याबारे नसोचेको पनि हो ।
‘बरु मरेको भए आनन्दै हुने रहेछ । बाँचेर पो गल्ति गरेछु । सस्तो भइदियो साला जिन्दगी.....’
तर त्यस्तो कुनै हर्कत गरेन । एक हातले संसार उचाल्छु भन्ने विश्वास आफूमा ल्यायो । र अर्को दिन पोखराको लागि बस चढ्यो । बाटोमा चेकजाँच हुँदा अनेक बहाना बनायो । र आइपुग्यो – पोखरा ।
पोखरा त आइयो । अब के गर्ने ? अर्को समस्याले अंगालो हालेको थियो । टाउकामा समस्या बोकेर हिँड्यो लेकसाइड । एउटा सानो केटो गुलाफ बेचिरहेको थियो । नाम सोध्यो, उमेर, सोध्यो, ठेगाना सोध्यो र साथी बनायो ।
\
केही महिनापछि त्यो केटो फूल बेच्न आउनै छोड्यो । भन्नेहरु भन्थे, ‘त्यो फूल बेच्ने केटोले हतियार समायो । छापामार भयो ।’
....त्यसपछि सहरमा फूल बेच्ने नयाँ मान्छे देखा पर्छ । उस्तै आउभाउ, उस्तै मुस्कान, उस्तै व्यवहार । त्यो नयाँ मान्छे कमरेड युद्ध थियो ।
........युद्ध अचेल गुलाफको फूल बेच्छ र प्रेम बाँड्छ ....

विकास रोकामगर
Comments
Post a Comment