Posts

Showing posts from December, 2019

जब घरदेशको याद आउँछ....

कुनै एक्लो भञ्ज्याङमा बसेको हुन्छु एक्लै एक्लै । चराका मधुर गीत आइरहेकै हुन्छ । नजिक तर आँखाभन्दा प...र कतै खोला पनि सुस्साइरहेको हुन्छ । घरीघरी चल्छ चिसो हावा । चिसो हावाको झोंकामा आफूलाई भुलाउने दुस्प्रयासमा म हुन्छु । मलाई एक्लोपनको आभास भइरहेको हुन्छ । ‘किन यसरी टोलाएको ?’ अकस्मात कोही आउँछ र सोध्छ । अपरिचित छ अनुहार । तर, पनि लाग्छ कि कतै त देखेको छु । कतै त भेटेको छु । कुनै चिया÷कफी भेट या अन्यत्रै ? ‘होइन यत्तिकै । यहाँको चिसो हावा धेरै मन प¥यो,’ केही क्षणका लागि ऊसँग झूट बोल्छु । ‘होइन होला !’ ऊ पत्याउँदैन, ‘तँ कसैको यादमा छस् ?’ (सायद उसले सोचेको उत्तर ‘प्रेमिका या केही हराइगएको चिज’ हुनसक्छ ।) तर, मैले भनिदिएँ, ‘होइन घरको याद आयो ।’ ‘आमाको माया लाग्दैन ?’ ऊ फेरि केही अघि बढ्न खोज्छ । ‘आमा हुनुहुन्छ र त घर छ । घर छ र त सम्झना छ । सम्झना छ र त यो परदेशजस्तो सहरमा एक्लो एक्लो आभास बाँच्दैछु....’ ... ..... ....... धेरै भए गफ । उसले छुटिन्छु भन्यो । मैले हुन्छ भनें । न उसले मेरो परिचय सोध्यो । न मैले उसको परिचय सोधें । सायद दुवैलाई लागेको हुनुपर्छ, ‘कहीं न...

युद्ध अचेल फूल बेच्छ...

लेकसाइडमा एक साँझ । घाम पञ्चासे डाँडा छुँदै धर्ती छोड्ने तयारीमा छ । तर, उसले विशाल फेवातालभरि फालेको पहेंलो रङले समय नै रंगीन भएको दृश्य देखिन्छ । त्यही लेकसाइडको पैदलमार्गमा एउटा केटा कहिले माथि कहिले तल गरिरहेको छ । र, उसले दाहिने हातमा समाएको छ – पुष्पगुच्छा । उसको हातमा रातो गुलाफका फूल छन् । ऊ तिनै गुलाफका फूल लेकसाइडको पैदलमार्गमा टहल्लिन आइपुगेको पर्यटकलाई बेच्ने प्रयास गरिरहेको छ । आँखाभरिको फेवाताल, डुब्दै गरेको घामको पहेंलपुर रङ र उसले दायाँ हातमा रातो गुलाफ समाएको दृश्य । अहो ! कति प्रिय छ । फोटोग्राफर फोटो खिचोस्, कवि कविता लेखोस्, गीतकार गीत चुनोस्, प्रेमी प्रेमिका सम्झिोस् एउटा दुखी मान्छे जिजीविषा भेटोस्...... कुनै जबर्जस्ती छैन । उसको अनुहारमा विनम्रता छ । ओठमा मुस्कान छ । भनिरहेको छ, ‘एउटाको जम्मा सय रुपैयाँ हो । लैजानुस् न । कति राम्रो छ ।’ ऊ त्यही हातको गुलाफको फूल बेच्दाबेच्दै ठोक्किन आइपुगेको हो – मसम्म । ‘एउटा फूलको कति हो नि ?’ मूल्य सुनिसकेको छु । तर, पनि फूल बेचिरहेको मान्छेसँग बोल्ने चाहनाले डो¥याउँछ र सोध्छु । ऊ अघि सुनेकै कुरा सुनाउँछ, ‘एउटाक...

...जब मन प्रश्न गर्न थाल्छ

Image
164449_abstract-fantasy-art-running-crows-photomanipulations-branches-1920x1200-wallpaper_wallpaperswa.com_76 थकानको चाप थियो – मस्तिष्कमा ।  दिमागको चाप मनलाई के थाहा होस् ? सबै कुराबाट बेखबरजसरी एक साँझ मनले मलाई सोध्यो, ‘तँलाई एउटै कुरा गरिरहन झ्याउ लाग्दैन ?’ जबकी त्यो साँझ थकानबाट विरक्त चाँडै निदाउने योजनामा थिएँ .... तर, मनले सुत्नुअघि एउटा प्रश्न सोधिहाल्यो, ‘तँलाई एउटै कुरा गरिरहन झ्याउ लाग्दैन ?’ प्रश्नको आशय ‘दोहो¥याइरहनु’तर्फ सोझिएको थियो ।  यो मन छ नि मन.... जब सुत्नुअघि आफूमा प्रश्न खेलाउँछ । तब निद्रा पर्छ कहाँ ? चैन हुन्छ कहाँ ? सन्तुष्टि हुन्छ कहाँ  ?  मुला मन पनि शाषकजस्तो छ – घुमाउरो उसको कुरालाई सही आशयमा बुझेर उत्तर दिनुपर्छ । तर, उसले सोधेको झ्याउ प्रश्नको झ्याउ उत्तरबारे म त बेखबर पो रहेछु । आधारातमा उठेर उत्तरको खोजीमा लागें । प्रविधिको युग छ – टक्क स्मार्ट फोनमा औंठा छाप दियो । फ्याट्ट मोबाइलको ढोका खुल्छ । केही बाँकी बचेका प्रश्नहरु गुगल गरिन्छ । च्याप्प उत्तर भन्छ । चाहे त्यो इतिहास, भूगोल, वर्तमान वा...