कविता
अखबारका चिसा समाचार पढेर
अल्छिलाग्दो पारामा ब्युँझन्छ – देश ।
पहिलो पानामा देखिन्छे एउटा सानी केटी
जसले लगाएकी छे–चेप्टो चस्मा
आधा मुस्कुराएकी छे ।
राताे रंगमा उभिएकी उसलाई
क्याप्सनमा लेखिएको हुन्छ – सरकार न्याय देऊ ।
अर्को दिन त्यही पत्रिकाले गाउँछ
सत्ताको गुनगान, खुसी बनाउँछ मालिलाई ।
भरे खुसुक्क धन्यवाद पाउँछ, स्याबास पाउँछ ।
पत्रकार खुसी हुँदै भन्छ –
‘हस्, हुन्छ भइहाल्छ सरकार....’
यसरी चलिरहेको छ – देशको वर्तमान ।
अल्छिलाग्दो पारामा ब्युँझन्छ – देश ।
पहिलो पानामा देखिन्छे एउटा सानी केटी
जसले लगाएकी छे–चेप्टो चस्मा
आधा मुस्कुराएकी छे ।
राताे रंगमा उभिएकी उसलाई
क्याप्सनमा लेखिएको हुन्छ – सरकार न्याय देऊ ।
अर्को दिन त्यही पत्रिकाले गाउँछ
सत्ताको गुनगान, खुसी बनाउँछ मालिलाई ।
भरे खुसुक्क धन्यवाद पाउँछ, स्याबास पाउँछ ।
पत्रकार खुसी हुँदै भन्छ –
‘हस्, हुन्छ भइहाल्छ सरकार....’
यसरी चलिरहेको छ – देशको वर्तमान ।
Comments
Post a Comment