पटकथाले चुकेको फिल्म डमरुको डन्डिबियो
विकाश मगर
अन्ततः फिल्म 'डमरुको डन्डिबियो' हेर्ने अवसर जुर्यो शनिबार । पोखराको सिनेप्लेक्समा हेरेको हुँ अग्रज दाजु अमृत सुवेदी र उहाँको परिवारसँग ।
केहिदिन अघिबाटै चर्चामा रहेको फिल्म (प्रदर्शन अगावै) हेर्ने दिन शनिबार पर्यो । विहानै एउटा कार्यक्रमको रिपोर्टिङ पछि गएको थिएँ फिल्म हेर्न ।
...
नेपाली खेल डन्डिबियो लाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने भाव बोकेको यस फिल्म हास्यरस मिश्रीत फिल्म हो । योगेन्द्र बनेका अनुप बराल, डम्बर उर्फ डमरु बनेका खगेन्द्र लामिछाने, मुखिया बनेका बुद्धि तामाङ र माला बनेकी मेनुका प्रधान को अभिनय जबर्जस्त नै छ कसैले नकार्न सक्दैन । प्रायः थियटर कलाकारलाई लिएर फिल्म बनाउन माहिर बरालको यसअघि पनि धेरै फिल्म हिट लिस्ट मै छन् । लेखक समेत रहेका लामिछाने विविध इस्यु बोकेका फिल्म खेल्न र लेख्न रुचि राख्छन् भन्ने कुरा डमरुको डन्डिबियो ले झन प्रष्ट पारेको छ । यस अघि लामिछानेद्वारा अभिनित फिल्म पशुपति प्रसाद सुपरहिटमा गनियो । मलाईं भने औषत लागेको पक्का हो । त्यस्तै टलकजंग भर्सेज टुल्के पनि हिट नै रह्यो । सुपरहिटकै दर्जामा रहेको कागबेनी कथा मैले जमानामै सुनेको हुँ यसमा बराल मुख्य भूमिकामा थिए । बाँकी फिल्म अभिनयका हिसाबले चर्चामा आएपनि कथाका हिसाबले औषत रहे । यस फिल्मका निर्देशक छेतेन गुरुङ हुन्
...
एकताका नेपालको राष्ट्रिय खेल रहेको डन्डिबियो पछि खेल्न छोडिएपछि भलिभ वलाई राष्ट्रिय खेलका रुपमा सरकारले घोषणा गरेको थियो । लठ्ठीको सहायताले खेलिने यो खेलमा पक्ष र विपक्ष गरेर १० खेलाडी हुन्छन् । यसैको वरीपरी फनफनी घुमेको छ फिल्म, 'डमरुको डन्डिबियो ।' न कुनै एक्सन न कुनै असान्दर्भिक छम्मकचल्लो ।

सुरुवातमा मनोरम घलेगाउँ देखाएर आकर्षक ढंगमा प्रस्तुत गरेको फिल्म कथा बढ्दै जाँदा अपत्यारिलो तरिकाले 'बोरिङ' बन्दै जान्छ । एकदिन पोखराको एउटा कार्यक्रममा फिल्मकर्मी नवीन सुब्बाले 'थियटर कलाकारले फिल्म बिगारे' भन्ने अभिव्यक्ति दिएका थिए । झट्ट सुन्दा मलाई झनक्क रिस उठेको पक्का हो तर पछि सोच्दै जाँदा 'हो है' भन्ने लाग्यो ।
डमरु उर्फ डम्बर काठमाडौं बस्छ पछि 'डन्डिबियोलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँछु' भन्ने ध्येयले गाउँ फर्कन्छ। गाउँका आफ्ना साथी र ससाना विद्यार्थी बटुलेर खेलको नियम बारे बताउन थाल्छ । यहीँबाट कथाको 'प्रवचन' सुरु हुन्छ । प्रवचन अर्थात एउटा बोल्ने र अरु सुन्ने ।
थियटरमा भएको भए डन्डिबियो खेलको नियम एकएक वर्णन गर्दा उत्कृष्ट हुन सक्थ्यो तर फिल्ममा भने त्यसले दर्शकलाई जानकारी होइन 'बोर फिल' बनाउँछ । कथा अवधिलाई जबर्जस्ती लम्ब्याउन कहिले ससाना कुरालाई पनि फनफनी घुमाइएको छ त कहिले राष्ट्रिय गान बजाइएको छ । प्रत्येक ठूला सभा र कार्यक्रममा राष्ट्रिय गान बज्छ यो कुरा नकार्न सकिँदैन तर फिल्मकोबीचमा बजेको राष्ट्रिय गानले दर्शकलाई उठम् कि बसिरहुँको अवस्थामा ल्याउँछ । अरु नभए म त त्यो अवस्थामा पुगेको हुँ ।
जब डमरुले ससाना केटाकेटी बटुलेर डन्डिबियोका लागि आवश्यक पर्ने औचार र सामान बाँड्छन् । खगेन्द्र सहात ८ जना कै कम्मरमा बाँधेको देखिन्छ । कसरी एकैछिनमा सबैलाई पुगाउन सक्छन् ? एउटा पनि अपुग नहुने गरी र एउटा पनि फाल्टु नहुने गरी ?
नपत्याउने अर्को पनि कारण छ । खेलकै लागि सहरको सुविधा छाडेर गाउँ आएका डमरु २ अंकको हारले फेरी सहर नै फिर्छन् ।

फिल्मको सुरुवात भव्य छ तर मध्यान्तर पछि खस्किएको छ । यो समस्या नेपाली फिल्म र लेखनी दुवैमा छ ।
पहिले नै डमरु धुलो माटोमा मोटर गुडाएर आफ्नो गाउँ आइपुग्छ तर घरमा पुग्दा सफाचट देखिन्छ । कपडामा धुलो त परको कुरा जुत्तामा समेत त्यो देखिदैन । निर्देशक ससानो कुरामा चुकेका छन् । एउटै ब्याकग्राउन्ड संगीत बजिरहन्छ । हुनसक्छ यो नयाँ प्रयोग हो तर यसले फरक पारेको छैन । नयाँ भन्न लायक छैन ।
फिल्मले बुद्धि तामाङ'हैट'लाई एउटा भेडा गोठालाका रुपमा देखाएको छ । तर जब बाउछोराबीच खेलेको डन्डिबियो खेल युट्युबमा भाइरल बन्छ । पहाडको चुचुरोमा पनि उनले युट्युब खोलेको हास्यास्पद दृश्य देखाएको छ । एउटा भेडा गोठालाले पहाडको चुचुरोमा युट्युब हेर्नु त्यो पनि मोबाइल डाटाबाट के यो सम्भव छ ? निर्देशक यहाँनेर चिप्लेकाछन् ।
फिल्मको अन्त्यमा प्रदेश नं ४ लाई अन्तिम चार मिनेटमा जित्नैपर्ने दबाव हुन्छ यसको मतलव यो होइन कि खेलको २६ मिनेटमै १५६ देखि १७८ सम्म अंग जोडेको देखाओस् ।

फिल्मको सबैभन्दा कमजोर पक्ष भनेको कलाकारको उपस्थिति हो । डमरुलाई मुख्य पात्रको रुपमा उभ्याउन खोजेको यस फिल्मले कसो कसो मालालाई 'मेन रोल' मा ल्याएको छ । फिल्म माला कै वरीपरी घुमेको भए स्विकार्न सकिन्थ्यो तर त्यसो गरिएको छैन ।
फिल्म 'डमरुको डन्डिबियो' लाई म १० मा ६ नं दिन्छु । कथाले ठिक छ तर पटकथामा धेरै ठाउँमा चुकेकाछन् ।
तर तपाईं नेपाली फिल्मलाई माया गर्नु हुन्छ भने एकपटक यो फिल्म हेर्नुहोस्। फिल्म छुटाउनुभयो भने जिन्दगीभर नेपाली फिल्म नहेर्दा हुन्छ । बधाई अनुप बराल/खगेन्द्र लामिछाने/बुध्दि तामाङ र समग्र टिमलाई ।

Comments
Post a Comment