अध्याँरो र विचार
![]() |
@विकाश |
जीवन कहानी हो ।
हामि पात्र हौं - ईश्वरको आख्यानमा लेखिएको । धेरैले भने यो कुरा । हुन पनि होला । नहुन पनि सक्छ । सोंचको ब्रह्माण्ड ठुलो छ - धेरै ठुलो । जताजता पनि पुग्छ । घुम्छ । सोंचले जति भ्याउछ उत्ति सोंच्ने हो ।
कहिलेकाहीँ कथा भित्र पनि कथा जन्मिदिन्छ । हामि नै फरक फरक उभिनुपर्छ । आशा त तालीको नै हुन्छ। चाहे त्यो खलनायकको होस् या नायकको ।
त्यसो भए के हामिले आफ्नो भुमिका सक्षम तरिकाले निभाउदैछौं त?
बस् सब नाटक गर्दैछौं । म पनि गर्दैछु । तिमी पनि गर्दैछौ । त्यो पनि गर्दैछ । तिनीहरु पनि गर्दैछन् । साँच्चि नै सबै कुरा सत्य भैदियो भने पनि अस्तित्व रहदैन । रहस्य रहदैन । रहस्य नरहनु - सक्किजानु हो कथाको अन्तिम पन्ना । त्यसैले पनि रहस्य लाई ज्यूँदै राख्नु पर्छ - म भन्छु ।
तर आफैलाई दुखाएर होईन । प्रिय त मुस्कान नै हुन्छ । आँशुको रंग आगो भन्दा पनि खतरनाक छ । म रुचाउँदिन । नदुखोस् ठेस नलागोस् चोट नपरोस् भनेरै मान्छे हिड्छ । आँखामा पत्ति बाँधेर को पो पुग्छ र भीरमा ? जीवन यो कुनै सर्कसमा देखाउने खेल पनि त होईन ।
जसलाई जसरी अर्थ्याए पनि हन्छ । नजर नै त्यस्तै हुन्छ । मान्छेको औंलाको छाप मात्रै फरक हुदैन । आँखाको नाप पनि फरक हुन्छ । र त बेग्ला बेग्लै अर्थ दिईजान्छन् कुनै कुनै रहस्यहरु ।
मानिसहरु भन्छन् - जीवन रंग हो । रंग भएरै जीवन बन्छ । स्वेत हुनु पनि रंग मध्येकै एउटा रंग हुनु हो । रंग बिनाको पानीको पनि आफ्नै रंग छ । आगोको पनि रंग छ। धुवाँको पनि रंग छ । खरानीको पनि रंग छ ।
कवितामा कविहरु कला प्रयोग गर्छन् । सुन्दर बनाउँछन् । सुन्दर देखिन्छ । सुन्दर सुनिन्छ ।
के हामी जीवनलाई कलात्मक बनाउन सक्दैनौं ? कहिले प्रयास गरी हेरेकाछौं ?
जीवनमा ससाना घटना घटिरहन्छन् । घट्नु पनि पर्छ - आभाष बाँकी रहन्छ । कहिलेकाहीँ केही सुक्ष्म कुराको आभाष रहनु पनि बडो आनन्दको हुन्छ । जुन आनन्द रक्सी पिएर हुदैन । चुरोट पिएर हुदैन । होहल्ला गर्दै चलचित्र हेर्नुमा हुदैन ।
###
कोठामा मधुरो बत्ति बलिरहेको छ । बिस्तरामा पल्टिएर म यी सब कुरा सोंच्दो छु । सोंचले निद्रा खाईसक्यो । अब मलाई निदाउनु पनि छैन । पुरापुर २४ घण्टा भो । खाना नखाएको । एकछाक रोटी र एक लिटर पानीले सबथोक पुगेको छ । दिनभरीको ल्याङफ्याङले ज्यान थकित छ । तर महशुस छैन । सुखदुख भन्नु यस्तै हो । आईरहन्छ गैरहन्छ ।
हामि मान्छे जातैले स्वार्थी छौं । अरुभन्दा आफुलाई फरक देखाउनै भएपनि मनमा कुन्ठा पाली बस्छौं । कुन्ठा मुढामा ननिभेको आगो हो । जस्ले बिस्तारै बिस्तारै जलाउदै लैजान्छ । अब मनमा कुन्ठा पालेर सक्किईजानु त ? कसैलाई सुनाउनै पर्छ । तर कसलाई फुर्सद छ ? सबै त आ आफ्नै विचारमा चुपोचुप अडिकछन् । आधारातमा उठेर मैले ब्लग लेखें । मलाई कुण्ठा पालेर डिप्रेसनको सिकार हुनु छैन ।
###
म ठिक सोंच्दैछु । आखिर जितेपनि हारेपनि जीवन जीवन नै हो। म हार्दैछु । म हार्दैछु । म हार्दैछु - जीवनसंग । तर स्विकार्यछन् । किनभने जीवनका एकेक पन्नाहरुमा आफ्नो अस्तित्व देख्न पाउनु एकदम प्रिय कुरा हो । केही नभएपनि कहि न कहि त छु ह
जीवनले नै जीवनलाई जीवन जस्तो गरी जीवन जिउनु सिकाएकोदिन के थाहा - यो बाटो? यो पँधेरो? यो घर? यो माटो? यो संसार आफ्नै पो हुदैन कि ?
लव यु जिन्दगी । लाईफ ईज ब्युटिफुल ।
Comments
Post a Comment