‘भाडाका गर्लफ्रेन्ड’
विकास राेका मगर फेसबुकमा राजनीतिभन्दा युवतीका चुटकिला मजा मेरो एकजना साथी छ । सानैदेखि सँगै हुर्केबढेको । अहिले गाउँघरतिरै छ । म सहर आएँ । बेलाबेलामा फोन वा फेसबुकमार्फत् सम्झिन्छ ।उसको र मेरो कुरा हुँदा ५ प्रतिशत आफ्ना हालचालको बारेमा कुरा हुन्छ भने बाँकी महिलाकै । कुन महिला कसरी हाँस्यो ? कसरी बोल्यो ? फेसबुकमा कसरी कमेन्ट गुर्याे ? कोसँगको फोटो हाल्यो या कतिजनासँग सुतेकोसम्म कुरा हुन्छ । उसलाई लाग्छ – उसको आफ्नै प्रेमिकाबाहेक सबै वेश्या हुन् । चरित्रहीन हुन् । उसले जोजोसँग रात बितायो अर्को दिन मलाई सुनाउँछ र भन्छ, ‘त्यो केटी त क्या चालु रहिछे यार ।’ मेरो अर्को एकजना नजिकको मित्रले फेसबुकमा लेख्यो—भाडाका गर्लफ्रेन्ड (प्रेमिका) । अर्थात् ‘आवश्यकता अनुरुप काम चलाउ नारी, जसलाई हामी निश्चित समयका लागि खरिद गरेर प्रयोग गर्न सक्छौं ।’ उसले कुन प्रयोजनले त्यस्तो शब्द प्रयोग ग¥यो थाहा छैन । मानौं महिला भनेका चोकमा बेच्न राखिएका सामान हुन्, जसलाई भाडामा लैजान पनि छुट छ । प्रिय मित्रको कुराले नमिठो बिझ्यो– मैले गाउँमा रहेकी मेरी आमा सम्झिएँ, काठमाडौंको भीडम...
Comments
Post a Comment