Posts

Showing posts from March, 2020

आकाश गड्गडाउँदै भइरहेछ वर्षात

चैतको सुरुआती समय हो, यो । घाम निधारमै आएर ताप दिने मौसम । तर, यो वर्ष त्यस्तो केही छैन । अझै चिसो हटिसकेको छैन । गर्मी पूरै सुरु भइसकेको छैन । ‘बिहान, साँझ जाडो । दिउँसो गर्मी,’ यही दुवैको बीचमा ‘अबस्ट्रयाक्ट’मा हिजोआजको समय । तर, आकाश गड्गडाउँदै भइरहेछ वर्षात । झ्यालको पर्दा आधा उघारेको छु । आधा खुलेको झ्यालबाट देखिन्छ कालो आकाश । र, मेघ गर्जनसहित परिरहेको पानी । झ्यालबाट भित्र पस्ने बतासले बिस्तारै हल्लाइरहेको छ पर्दालाई । मानौ दृश्य यस्तो भइदिएको छ कि पानीले अनौंठो संगीत गुन्गुनाइरहेको छ । पर्दा त्यही संगीतमा नाचिरहेको छ छम्मक.....छम्मक ..... । वसन्त ऋतुको सुरुआती मौसम पनि हो यो । सरदमा झरेका बोटविरुवाका नांगा हाँगामा पलाइरहेको छ हरियो पालुवा । ध्यान केन्द्रित गरेर हेरिहेछु हावाको मसिनो झोंकामा हल्लिरहेका ती पातहरुलाई । यस्तो लाग्दैछ, पात झरेर सुख्खा निर्र्जीवजस्तो भएको रुखमा केवल पातमात्रै पलाइरहेको छैन । त्यसले त सिकाइरहेको छ हरेक असफलता पछिको एउटा सफलता । एउटा जीवन । हरेद दुखपछि आउने सुखको अनुहार । आँशुपछिको मुस्कान । पलाइरहेको पातले देखाइरहेछ हजार सम्भावनाका बाटाहरु ।...

बालापन सम्झिएर....

दाङमा हाम्रो घर छेउ ठूलो चौर थियो । त्यही चौर बालबालिकाको खेलमैदानदेखि गाइवस्तु टहलाउने एउटा राम्रो ठाउँ पनि बनेको थियो । त्यही चौरको पूर्वी कुनामा ४ वटा ठूलाठूला खाल्डा थिए । जसको आकार लाम्चो थियो । त्यही खाल्डो वरिपरि बालापन एउटा सुनौलो समय बित्यो । कहिले लुकामारी त कहिले चोरपुलिस । हामी केटाकेटी जे बन्न चाहन्थ्यौं खाल्डो त्यहीत्यही बन्थ्यो । ठूलो वरपीपलको छहारीमा भएकाले त्यो खाल्डोमा गर्मीयाममा पनि खास्सै समस्या पर्थेन । केको लागि खनिएको थियो त्यो खाल्डो ? थाहा थिएन । तर, ठूला मान्छे भन्थे, ‘त्यो खाल्डो बंकर हो ।’ बंकरको अर्थ खाल्डो नै थियो हाम्रो लागि । त्यसका अनेक अर्थ खोज्नु हाम्रा लागि स्वाभाविक नै थिएन । हप्तादिनको पर्खाइपछि घुमेर आएको एउटा शनिबारमा रमाइलो गर्ने एउटा राम्रो हाम्रो ‘घर’ थियो त्यो । जहाँ दर्जन जतिको संख्यामा जम्मा भएर रमाइलो गथ्र्यौं । पछिपछि त्यो खाल्डो पुरियो । घर ठडिए । हाम्रो खेल्ने ठाउँ स¥यो । तर, सरेको नयाँ ठाउँमा त्यो खाल्डोमा जत्तिको मजा कहीं कतै पनि आएन । धेरैधेरै वर्षपछि थाहा पाएँ, त्यो खाल्डो माओवादीले जनयुद्धताका खनेका रहेछन् । आइतबार दिन ...