Posts

Showing posts from December, 2018

कविता

अखबारका चिसा समाचार पढेर अल्छिलाग्दो पारामा ब्युँझन्छ – देश । पहिलो पानामा देखिन्छे एउटा सानी केटी जसले लगाएकी छे–चेप्टो चस्मा आधा मुस्कुराएकी छे । राताे रंगमा उभिएकी उसलाई क्याप्सनमा लेखिएको हुन्छ – सरकार न्याय देऊ । अर्को दिन त्यही पत्रिकाले गाउँछ सत्ताको गुनगान, खुसी बनाउँछ मालिलाई । भरे खुसुक्क धन्यवाद पाउँछ, स्याबास पाउँछ । पत्रकार खुसी हुँदै भन्छ – ‘हस्, हुन्छ भइहाल्छ सरकार....’ यसरी चलिरहेको छ – देशको वर्तमान ।

साइकल, बालापन र बाबा

Image
विकास रोकामगर । पोखरा  साइकलसँग मेरो नजिकको सम्बन्ध छ । सानैदेखि अजीवअजीवका किस्सा जोडिएका छन् । साइकलकै मायाले कैयौं पटक घाइते भएको छु । कैयौं पटक सजायको भागीदार भएको छु । ००० कक्षा ६ पास भएर ७ जाँदा पहिलो पटक साइकल पाएको थिएँ । तत्कालीन ढिकपुर गाविस ६ अस्परीको प्राविमा स्कुले तह बिताएँ । प्रावि भने पनि २०६६ सालमा एक वर्षमात्रै  ६ सम्म पढाई भयो । प्रसंग भने रमाइलो छ । यसमा मैले घमण्ड गर्नैपर्छ । (एउटा कक्षामा बढीमा २३ जना हुन्थ्यौं । कक्षामा सबै विद्यार्थी थियौं । सरकारी स्कुल भएर पनि हामीबीच नम्बर ल्याउन प्रतियोगिता नै चल्थ्यो । म कक्षा १ मा पाचांै भएँ । २ मा चौथो, ३ मा तेस्रो, ४ मा दोस्रो ५ मा प्रथम । ६ मा स्कुल टपें ।  मैले जित्दै गएका र जितेका साथीहरुबीच त्यति ठूलो नम्बरको अन्तर हुँदैनथ्यो । शिक्षकहरुले हामीलाई त्यो स्कुलदेखि बिदाई गर्नै चाहेनन् । हामीले विरोध गर्दागर्दै पनि ६ कक्षा चलाए । पढ्यौं ।  टपें । पछि जिद्दी कसेर स्कुल छाड्ने भयौं । स्कुल फेरि ५ कक्षामा झ¥यो । यसमा मैले घमण्ड गर्नैपर्छ ।) तत्कालीन नारायणपुर गाविस १ को स्कु...