विकाश मगर अन्ततः फिल्म 'डमरुको डन्डिबियो' हेर्ने अवसर जुर्यो शनिबार । पोखराको सिनेप्लेक्समा हेरेको हुँ अग्रज दाजु अमृत सुवेदी र उहाँको परिवारसँग । केहिदिन अघिबाटै चर्चामा रहेको फिल्म (प्रदर्शन अगावै) हेर्ने दिन शनिबार पर्यो । विहानै एउटा कार्यक्रमको रिपोर्टिङ पछि गएको थिएँ फिल्म हेर्न । ... नेपाली खेल डन्डिबियो लाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने भाव बोकेको यस फिल्म हास्यरस मिश्रीत फिल्म हो । योगेन्द्र बनेका अनुप बराल, डम्बर उर्फ डमरु बनेका खगेन्द्र लामिछाने, मुखिया बनेका बुद्धि तामाङ र माला बनेकी मेनुका प्रधान को अभिनय जबर्जस्त नै छ कसैले नकार्न सक्दैन । प्रायः थियटर कलाकारलाई लिएर फिल्म बनाउन माहिर बरालको यसअघि पनि धेरै फिल्म हिट लिस्ट मै छन् । लेखक समेत रहेका लामिछाने विविध इस्यु बोकेका फिल्म खेल्न र लेख्न रुचि राख्छन् भन्ने कुरा डमरुको डन्डिबियो ले झन प्रष्ट पारेको छ । यस अघि लामिछानेद्वारा अभिनित फिल्म पशुपति प्रसाद सुपरहिटमा गनियो । मलाईं भने औषत लागेको पक्का हो । त्यस्तै टलकजंग भर्सेज टुल्के पनि हिट नै रह्यो । सुपरहिटकै दर्जामा रहेको कागबेनी कथा ...