अध्याँरो र विचार

@विकाश जीवन कहानी हो । हामि पात्र हौं - ईश्वरको आख्यानमा लेखिएको । धेरैले भने यो कुरा । हुन पनि होला । नहुन पनि सक्छ । सोंचको ब्रह्माण्ड ठुलो छ - धेरै ठुलो । जताजता पनि पुग्छ । घुम्छ । सोंचले जति भ्याउछ उत्ति सोंच्ने हो । कहिलेकाहीँ कथा भित्र पनि कथा जन्मिदिन्छ । हामि नै फरक फरक उभिनुपर्छ । आशा त तालीको नै हुन्छ। चाहे त्यो खलनायकको होस् या नायकको । त्यसो भए के हामिले आफ्नो भुमिका सक्षम तरिकाले निभाउदैछौं त? बस् सब नाटक गर्दैछौं । म पनि गर्दैछु । तिमी पनि गर्दैछौ । त्यो पनि गर्दैछ । तिनीहरु पनि गर्दैछन् । साँच्चि नै सबै कुरा सत्य भैदियो भने पनि अस्तित्व रहदैन । रहस्य रहदैन । रहस्य नरहनु - सक्किजानु हो कथाको अन्तिम पन्ना । त्यसैले पनि रहस्य लाई ज्यूँदै राख्नु पर्छ - म भन्छु । तर आफैलाई दुखाएर होईन । प्रिय त मुस्कान नै हुन्छ । आँशुको रंग आगो भन्दा पनि खतरनाक छ । म रुचाउँदिन । नदुखोस् ठेस नलागोस् चोट नपरोस् भनेरै मान्छे हिड्छ । आँखामा पत्ति बाँधेर को पो पुग्छ र भीरमा ? जीवन यो कुनै सर्कसमा देखाउने खेल पनि त होईन । जसलाई जसरी अर्थ्याए पनि हन्छ । नजर नै त्यस्तै हुन...