... र त्यसपछि पोखरा छोड्ने निर्णय गरें

ज्वाइँ खाना पकाउने सुरसार गर्दै हुनुहुन्थ्यो । काम सकेर भर्खर अफिसबाट कोठा आइपुगेको थिएँ म । थाकेको ज्यान भ्याट्ट बिस्तारामा फ्याँके । ५० किलोको शरीरले काठको खाटमा एकछिन सानो कम्पन ल्यायो । वाइफाईको ब्यालेन्स सकिने बेला भइसकेको थियो । ज्वाइँसँग मोबाइल मागें वाइफाईको ‘डेट’ कहिले सकिन्छ हेरें । एकदिन बाँकी रहेछ । ‘भोलि त ब्यालेन्स हाल्नुपर्छ, पैसाको जोरजाम गर्नुपर्छ’– ठीक यही सोचेर लो बेडको घर्रा उघारें । ह्वास्स कपुरको गन्ध नाकमा प¥यो । अस्तव्यस्त कपडाका थुप्रा । थुप्रै कागजपत्र । कपडा बाहिर निकालिसकेपछि सबै कागजपत्र एकएक गर्दै नियालें । देखिए – जन्मदर्ता, एसएलसी सर्टिफिकेट, १२ सर्टिफिकेट, नागरिकता, पासपोर्ट...र अन्तिममा हातमा प¥यो – एकवर्षे पुरानो राजिनामा पत्र । ००० एकवर्ष अघि म पत्रकारितामा आइसकेको थिइनँ । यो दुनियाँभन्दा पर थिएँ । अर्को कुनै एउटा संस्थामा ग्राफिक डिजाइनरको काम गरिरहेको थिएँ । बिहानैदेखि साँझसम्म एउटै काम । व्यस्तमाथि अस्तव्यस्त । बारबारको एउटै कामले मलाई फ्रस्ट्रेड बनाइसकेको थियो । एकदिन एउटा विज्ञापन डिजाइन गरिसकेपछि सोचें – ‘यसम...