मलाई बाँच्न सिकाउने साथीका नाममा.....

सहकर्मी भएर यात्रा सुरु गरेको एक वर्ष भइसकेको छ । तर उसको कोठामा पहिलो पटक छिरें । अस्तव्यस्त थियो कोठा । भताभुंग, लथालिङ सामान भएर पनि निकै सुन्दर लाग्यो । भित्ताभरि चित्र । झ्यालभन्दा बढी ढोका । हलजत्रो ठूलो कोठाको आकार ... एक झ्यालमा सयौं क्यान बियरका बोटल । एउटा सानो सेतो रंगको बिरालो । २ वटा कुकुर । यिनै हुन् उसका साथी र आफन्त भन्नु । कुनै एकदिन उसले घर जान हतार गर्दै भनेको थियो, ‘घर छिटो पुग्नुपर्छ यार । कोठामा मेरो परिवार छ । उनीहरुले मलाई पर्खिबसेका छन् ।’ सँगै अफिसको एउटै कोठामा काम गरे पनि उसको र मेरो बालचाल सुरुको अवस्थामा भएन । ऊ पनि अरुसँग छिट्टै घुलमिल हुन नरुचाउने । म पनि त्यस्तै । कहिलेकाहीं दुवैको एउटै बानी भइदिँदा पनि फरक पार्दो रहेछ । एउटा आगो हुँदा अर्को पानी हुनै पर्दो रहेछ । नत्र सम्बन्धमा कि त आगलागी हुने कि बाढी पस्ने, पहिरो खस्ने । ऊ अफिसमा आउँछ । चुपचाप काम गर्छ र फर्किन्छ । मैले पहिलेदेखि उसलाई र उसको काम गराइ नियाली रहेको थिएँ । कसोकसो उसको बानी मलाई ममन पन लागिसकेको थियो । धेरै समयपछि बोल्यौं । औपचारिक परिचय ग¥यौं । अनौपचारिक हाइहेल्लो त उहिल्यै चल...