Posts

Showing posts from February, 2018

मौसम-एउटा आफैसंग बार्तालाप

Image
मौसम @विकाश मौसम । हामिले राखिदिएको एउटा नाम । मौसम । एउटा समयको नाम । मौसम । हाम्रो मष्तिष्क र विचार संग लुकामारी खेल्ने एउटा खेलाडीको नाम । म भावुक छु आफ्नो स्वभावले । आफैसंग रिसाउँछु र कुनो पसेर धेरै समय रोएको छु एक्लै - अकारण । म रुन र दुःखी हुन ठुला ठुला कुरा साना साना भैदिन्छन् । म छोईन्छु -  ससाना कुराबाट र रुन्छु। आज आकाश धुम्म छ । निरस र निरास छ ।  यस्तो मौसम मलाई ननिको लाग्छ । म दुख्छु - निरस मौसमको चेहेराबाट । म साँच्चिकै भावुक बनिदिन्छु । रुन मन छ बेस्सरी । बेस्सरी । बेस्सरी । सायद म आफूले सोंचे भन्दा पनि बेस्सरी । । कुरो सानो हो धेरै सानो ।  यो प्रकृतिको नियन हो एउटा ।  बद्लिने मौसम आफैमा बदलिरहन्छ । यो पोखरा शहरको मौसम नबदलिएको हप्तादिन बढी भो - जस्तो बर्षौं बद्लिएको छैन ।  हिडेको छैन । कुनै एक समयको चौतारामा बसेर निदाई बसेको छ । उठ्न अल्छि मान्दो छ । हुस्सु जस्तो केही चिज आँखाभरी । यस्तो मौसम दाङमा हुन्थ्यो ।  तराईमा हुन्थ्यो । स्कुलका ट्युसन जाने समयमा  - म निस्कन्थे अध्याँरो स्कुलको बाटो ।  जो टाढा थियो गाउँदेखि । हिड...