गीत
जाऊ पनि भन्न सक्दिनँ नजाऊ पनि भन्न सक्दिनँ उभिएको छु – समयको यो दुविधामा । अंगाल आऊ पनि भन्न सक्दिनँ । कहाँ हुन्छ र समय सधैं एकनास ? कहाँ चल्छ र सधैं मिठास बतास ? जीवन त हो – जीवनै त हो आगो हुन्छ टेक्नुपर्ने भीर हुन्छ छिचोल्नुपर्ने । जाऊ पनि भन्न सक्दिनँ नजाऊ पनि भन्न सक्दिनँ उभिएको छु – समयको यो दुविधामा । अंगाल आऊ पनि भन्न सक्दिनँ । बगेको खोलाजस्तो गैजान्छ जीवन आँउदैन फर्केर सँगै हिँडेको त्यो गल्ली, त्यो बाटो, त्यो प्रेमको आँगन... आउँदैन फर्केर के थाहा तिमी अर्कैको हुनेछौ भोलि म अर्कैको हुनेछु या नहुनेछु कुनै ठेगान छैन मेरो । हिजो भन्नु गइसक्यो कतै ... भोलि भन्नु अन्धकार छ प्रिया आज त हाँसिदेऊ एकफेर....् आज त बोलिदेऊ एकफेर......